काठमाण्डौ: हातमा हरिया चुरा, मेहेन्दी, गाउँघर, टोल छिमेकमा गाईने गित र बज्ने मादल, रेडियो टेलिभिजनहरुले बजाउने चेलीका वेदनाहरुले तिज आँगनीमा भित्रिन लागेको आभाष दिन्छन ।
श्रावण लागेसँगै तिजका गितहरु दिनहुँ जसो सार्वजानिक भईरहेका छन् । त्यस्तै गितहरुको भिडमा नेपाली लोक संगीतका धरोहर नारायण रायमाझीको शब्द संगीतमा ‘मै छोरी ढल्केर नाँचेको’ भन्ने बोलको तिज गित बजारमा आएको छ ।
शान्ति भट्टले एकल स्वर दिएको गितको भिडियो निर्देशन उदिराम खड्काले गर्नुभएको छ भने भिडियोमा बिन्दु खड्का, मिरा खड्का, प्रतिमा कँडेल लगायतका दिदि बाहिनीहरु नाँचेका छन् । भिडियोको कलरिङ एडिटिङ मिराज अर्यालले गर्नुभएको छ ।
हिन्दु नारीहरुले आफ्नो श्रीमानको आयु बढोस र अविवाहितले सुयोग्य वर पाउ भनेर तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने प्रचलन छ ।
हिजो आज मोर्डन तिजको भिडमा हाम्रा आमा दिदीहरु ढल्की ढल्की नाँच्ने, लय हालेर गाउने लरी बिलरीका गितहरु बजारमा बिरलै भेटिन्छन ।
यसलाई एकथरी तिजमा आएको विकृति मान्छन भने अर्कोथरी तिजमा पनि आधुनिकता हुनुपर्छ । भद्दा आधुनिकताको नाममा परापुर्व काल देखि चलिआएको रितिथितिलाई तोडमोरोड गरी पश्चिमा संस्कृति भित्र्याएर नेपाली लोक संस्कृतिको कहाँ पुर्याउन खोजेका हुन त्यो त ति गीतका गायक सर्जकले नै जानुन !









