इशाका रनिङ शिल्डमा अरुणोदयको अग्रता

बाँके :

इशाका रनिङ शिल्डमा अरुणोदयको अग्रता

बाँकेको खजुरामा जारी चौथो इशाका स्पोर्ट्स मिट- २०७६ सुरु भएको छ ।
उद्घाटन दिनको खेलमा प्राबितर्फ ४ गोल्ड सहित अरुणोदय माबिले अग्रता लिएको छ । चम्चा दौड छात्र / छात्रामा अरुणोदय प्रथम र गणित दौडमा अरुणोदय प्रथम भएको छ भने १०० मिटर प्राबी छात्रा प्रथम स्थान प्राप्त गरेको छ ।

यस्तै प्राबी तर्फ सिटिजन नमुनाले कुर्सी दौड छात्र / छात्रा प्रथम स्थान हासिल गरेको छ। माबी तर्फ छात्राको खेलमा गुराँस चाइल्डहुड प्रथम ,माबी सटफुट (छेलो) अरुणोदय प्रथम, सटफुट (छेलो) माबी छात्रा दिपक माबी प्रथम, माबी ज्याभलिङ्ग छात्र धुर्वतारा बिधा मन्दिर प्रथम, ज्याभलिङ्ग माबी छात्रा गुराँस माबितर्फ प्रथम भएको छ ।

उता ३ हजार मिटर माबी छात्र तर्फ दिपक माबि प्रथम भएको छ भने १५ सय मिटर माबी छात्रा तर्फ अरुणोदय माबी प्रथम भएको छ ।

यसैगरी १ सय मिटर छात्र माबी तर्फ अरुणोदय प्रथम हुन सफल भएको छ भने १सय मिटर छात्रा तर्फ जेनिथ माबि प्रथम भएको छ।

इशाका रनिङ शिल्डमा भोलि छात्र र छात्रा दुबै तर्फको भलिबलको फाइनल खेल हुनेछ ,जसमा अरुणोदय र गुराँस माबी प्रतिस्पर्धा गर्ने छ।

निमाबी सटफुट (छेलो) छात्र तर्फ जेनिथ माबि प्रथम, छात्रा सटफुट निमाबिमा धुर्वतारा स्कुल प्रथम भएको छ। प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले डि गाउँको खेल मैदानमा गर्नुभएको थियो ।

इशाका रनिङ शिल्डमा अरुणोदयको अग्रता

खेल क्षेत्रमा निजिबिधालयलाइ कृयाशिल बनाई खेलकुदमा इशाकाले गरेको गतिविधिले टेवा पुर्याएको भन्दै पालिका प्रमुख कक्षपतीले प्रसंशा गरेका थिए ।

उद्घाटन समारोहमा उपप्रमुख एकमाया बिक, वडा न ४ का अध्यक्ष तिलक वीर सुनार, एन प्याब्सन केन्द्रिय सचिव कुशुम रानाभाट, प्याब्सन प्रदेश उपाध्यक्ष ऋषि केस जिसि, प्याब्सन जिल्ला अध्यक्ष राजेन्द्र कुमार आचार्य ,शिक्षा समिति सदस्य मित्रलाल शर्माले शुभकामना दिएका थिए ।

इशाकाका अध्यक्ष सतिश निरौलाको सभापतित्वमा प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको थियो । प्रतियोगिता भोलि आइतबार सकिने छ ।

प्रतिक्रिया