कोहलपुर :

बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सवमा आज (शनिबार) चक्र बमको ‘चुईगम पड्काउन्या, दारु सड्काउन्या’ गितसँगै उपस्थित दर्शकहरु झुमेका छन् ।
साथै उनले नाँच मेरि झुमा, डिजेवालाले नचायो, छम्मको विहेको निम्ता आएको छ, म त बम्बै गैइजाने, नाँच भुन्टि नाँच पैसा दिम्ला पाँच, पहाडीया बिगरियो जाँडले लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै गायक सुरज थापाले बाहुला हुँ तिमिलाई माया गर्ने, हे बरै आमा लगायतका गीतहरु गाउँदा उपस्थितहरुले भरपुर मनोरञ्जन लिएका थिए । महोत्सवमा गुलेली कान्छा र पसंशा परी सुनारले नृत्य पस्तुत गरेकि थिइन ।
भोलि दुर्गेश आउँदै
साथै महोत्सवको तेस्रो दिन आईतबार (भोलि) नेपालका चर्चित कलाकार दुर्गेश थापा, सुकदेब अधिकारी, सपना शाही र आरुशी मगर लगायत आउने तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सवका कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले जानकारी दिएका छन् ।
‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव माघ ५ गतेसम्म संचालन हुनेछ ।









