लकडाउन’ले

मित्रलाल सापकोटा

गून्यो चोली मेटाइ दियो अँग्रेजीगाउन ले ।।
जीवन सबै चेपमा परे लकडाउन ले ।

कोरोनाको कथा पनि बल्झी बल्झीआउँदै छ ।।
बिचरा ती गरीबले दुःख पाउँदै छ ।
सरकार भन्छ कोरोनालाई नियन्त्रणमा राखेछौं ।।
हामी जनता घर घर टेष्ट मात्रै मागे छौं ।
एकातिर बाढी पैरो झरी मैना साउनले ।।
गरिखाने मर्नेभए लकडाउन ले ।

नेताका नातागोता सबैको जाँच गराइन्छ ।।
जनतालाइ बेसार पानी खान लगाइन्छ ।
जनताको ढुकुटीमा दलाल कै रजाइँछ ।।
समृद्धिको उखानटुक्का बाजाबजाइँछ ।
के तमाशा देखाका हुन ती दुइटा बाहुन ले ।।
सानो पूँजी धराप पर्यो लकडाउन ले ।
कहिले हुन्छ संंसद मै कुर्सीनै हानाहान।।
अहिलेको तमाशाहो कुर्सी तानातान ।
कहिले चाहिने कर त कहिले ऋणको भारी छ ।।
नेपालीको समृद्धि त खोलापारी छ ।
दुःख पाए जनताले यिनलाई ठप्पा लाउन ले ।।
झुपडीको चुलो निभ्यो लकडाउन ले ।

तीज आयो दशै आउँछ तिहार पनि आउला ।।
झण्डावाला सोंचले कैले चेत पाउला?
देश लुटेर काँ लैजाने सुरसार यिनको हो कुन्नी
कहिल सम्म जनतालाई घर मैं हो थुन्नी?
नेताका छन् कमाउ धन्दा कोरोना रोग आउन ले ।।
निमुखाको घरखेत बिक्यो लकडाउन ले ।

न त गरी खानपाइयो न त राम्रो मरन भो
लकडाउनले यो देश त गौ चरन भो ।
पैसा दिए कोरोना नि नेपाल घुम्न पाउँछ रे
जनता काममा निस्के भने कोभिड लाउँछ रे ।
सारी चोलो मेटाइ दियो मिनी स्कर्ट गाउन ले
जीवन जति चेपमा परे लकडाउन ले ।

दुइ रुपैयाको मास्क पनि बीस रुपियाँमा बेच्दैछन्
इमान्दारी व्यापार भनि रोइलो गर्दैछन् ।
कोइ छन् लुट्ने माथी बसी कोइ भरपाइ मिलाउने
आखिरीमा जनताको धन हो बिलाउनी ।
ठूला ठूला कुरा गर्ने हाम्ले छाप लाउना यिनलाइ कोहि सक्दैन
यहि हाल रहे आम नेपाली बाँच्नै सक्दैन ।

प्रतिक्रिया