दुर्गेशको ‘उठ वीर गोर्खाली’ले कोहलपुरलाई ततायो


ज्ञानु सङ्गम खड्का:

दुर्गेशको 'उठ वीर गोर्खाली' ले कोहलपुरलाई ततायो

चर्चित मोडल तथा गायक दुर्गेश थापले कोहलपुर महोत्सवको चौंथो दिन आफ्नो प्रस्तुती द्वारा महोत्सवको माहोलमा रौनकता थपिदिएका छन् ।

राष्ट्रवादी गीत उठ वीर गोर्खाली गीत गाउँदै स्टेज उक्लेका थापाले चिसो मौसममा पनि दर्शकलाई नचाएर माहोल तताए। चर्चित गीत बिच्चबिचमा गाउँदा त महोत्सवको पुरै माहोल पुरै तातिएको थियो।

उनले बिचबिचमा, ह्यापी तिहार, रातो रातो खुर्सानी लगायतका गीतहरु गाउँदा दर्शकहरु दुर्गेशसँगै स्वर मिलाउँदै नाचेका थिए। दुर्गेशको प्रस्तुती हेर्नका लागि अन्य दिनको तुलनामा आज महोत्सवमा धेरै दर्शकको उपस्थिति थियो।

आइतबार विदा नभएपनि महोत्सवमा दर्शकको उपस्थिति एकदम बाक्लो थियो। दर्शकको उपस्थिति देख्दा आफुले झन इनर्जीका साथ प्रस्तुती दिन मन लागेको दुर्गेशले बताए।

महोत्सवमा दुर्गेशका साथै गायक सुकदेव अधिकारी , मोडल आरुषी मगर, गायिका सपना शाही लगायतले पनि आफ्नो प्रस्तुती दिएका थिए।

महोत्सवको पाँचौ दिन सोमबार चर्चित गायक टंक बुढाथोकी, अशोक दर्जी, एआर बुढाथोकी र डान्सर दिपासा विसीको प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया