कोरोनासँग मनको सुरक्षा

भोजराज शर्मा

मनोविज्ञानमा ‘फोबिया’ र ‘मेनिया’ महत्वपूर्ण मानिन्छन् । दुवै असामान्य हुन् । फोबिया डरसँग र मेनिया अति उत्साहसँग सम्बन्धित छन् । उदाहरणका लागि घरिघरि मोबाइल झिकेर अकारण स्क्रिन खोल्ने बन्द गर्ने, जेबमा मोबाइल छामिरहनुपर्ने बानीलाई ‘मोनोमेनिया’ भन्छन् भने बाहिर जानेबेला मोबाइल छुटेको थाह पाएर झस्किने, विशेष रिङटोनले डराउने तनावग्रस्त हुने बानीलाई ‘मोनोफोबिया’ । यो हामीमध्ये धेरैलाई छ तर मनोविकार हो भन्ने थाह नहुन सक्छ ।

मेनियाँ र फोबिया नयाँनयाँ सिर्जित भइरहने मनोरोग हुन् । अति डर र अति उत्साह सहित बैचैनीको कुनै बानी जुन कारणले बन्यो मनोविज्ञानमा त्यसको नामकरण हुँदै जान्छ । ढिलोचाँडो कोरोनासँग सम्बन्धित “मास्कोेमेनियाँ र मास्कोफोबिया”(नाम फरक हुनसक्छन्) रोगहरू मनोविज्ञानमा आउनेछन् ।

– अर्काले माक्स नलगाएको देख्दा रिस उठ्ने (मेनिया)

– माक्स बेलाबेला अनायास विनाकारण लाउने खोल्ने वा चिउँडो मुख तलमाथि गरिरहने (मेनिया) – माक्स छ भने सुरक्षा महसुस हुने नत्र आत्तिने (फोबिया)

– अकारण घरिघरि मास्क छामिरहन मन लाग्ने (मेनिया)

– मास्क छुटेमा वा खल्तीमा छाम्दा नभेटेमा आत्तिने (फोबिया)

– मास्क वा पीपीई लगाएको दृष्य देख्दा झस्कने, डराउने (फोबिया)

यस्ता असामान्य बानी वा ब्यवहारले मनोविकार उत्पन्न गर्छन् । यिनको मुख्य कारण समाचारप्रतिको आशक्ति हो । कोरोनासँग सम्बन्धित समाचार र सामाजिक सञ्जाल पूर्ण रूपमा हेर्न र सुन्न बन्द गर्दा बिस्तारै यी मनोविकार हराउँछन् ।

लामो समयसम्म विद्यमान रहेमा एन्जाइटी, प्यानिक डिसअर्डर वा ओसिडी(अब्सेसिभ कम्पल्सिभ डिसअर्डर) हुने सम्भावना रहन्छ । कृपया प्रामाणिक र विज्ञानसम्मत तथ्य मात्र हेर्नुहोस् त्यो पनि आफूलाई चाहिनेजति मात्र । तपाईंलाई कोरोनाबारे धेरै जानकारी भएर रोग समाप्त हुने होइन । जागृत र जागरुक भए पुग्छ ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन