एकल तिज नृत्य प्रतियोगितामा काठमाण्डौंकी मिङमा शेर्पा प्रथम

नेपालगन्ज : बासले हरितालिका तिजको अवसरमा आयोजना गरेको खुला एकल तिज नृत्य प्रतियोगिताका नतिजा सार्वजनिक गरेको छ ।

बिगत लामो समय देखि हरितालिका तिजको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको बासले यस बर्ष कोरोना कहरका कारण प्रबिधिमैत्री खुला एकल तिज नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।

बासले प्रतियोगीहरुको नृत्य भिडियो अनलाईनका माध्यमबाट लिई मुल्याँकन गरेको थियो । भाद्र ७ गते सम्मको अवधिमा सहभागि भएका २१ जना प्रतिपष्र्धीहरु बिच गरिएको मुल्याँकनको नतिजा आज सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा काठमाण्डौंकी मिङमा शेर्पा प्रथम, नेपालगञ्जकी श्रेया धिताल द्धितिय र कोहलपुरकी लबली बिष्ट तृतिय भएकि छिन् । उनीहरुलाई यसैगरी टिकापुरकी सुप्रिया शर्माले पब्लिक च्वाईस अवार्ड प्राप्त गरेकि छिन् । शर्माले सर्बाेत्कृष्ठ फेसबुक लाईक, शेयर पाएर सो अवार्ड प्राप्त गरेकि हुन् ।

प्रतियोगिताका प्रथम, द्धितिय र तृतियलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र पब्लिक च्वाईस अवार्ड बिजेतालाई रु. २ हजार पनगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था बासले जनाएको छ । प्रतियोगितामा बाणिज्य बैंक त्रिभुवनचौक शाखा, चर्ती फलोरा नेपालगञ्ज, सिंह ज्वैलर्स र शेख प्रबेज आलमले सहकार्य गरेका थिए ।

प्रतियोगितामा काठमाण्डौं, बाँके, कैलाली लगायत जिल्लाका नृत्याँगानाहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुल्याँकन बरिष्ठ कलाकार सुन्दर गुरुंगको संयोजकत्वमा बरिष्ठ सञ्चारकर्मी कमल बि.के. निर्माेही र नृत्याँगना श्रृष्ठी शाही सदस्य रहेको मुल्याँकन समितिले गरेको थियो ।

प्रतिक्रिया