यो महामारी

कविता गौतम

यो महामारी
लगातारको २४ घन्टे ड्युटी
थकित छु,सबै बिरामीको
भाइटल लिन्छु, एकैछिन
टुसुक्क बस्छु र सोच्छु

नभई नहुने नर्स
गालिखानुपर्ने नर्स
हेपिनुपर्ने नर्स
खेपिनुपर्नी पनि नर्स
सेवाको मुल्य नपाउने पनि नर्स ?

आखिर किन?
यस्तो क्रुर अनि अपराधी समाज
कस्तो भेदभाबपूर्ण सोच
अनि के अपराध
हाम्रो सेवाको?

म अचम्मित छु
म निशब्द छु
यो हामी माथि कस्तो अपराध
किन यत्रो घात
हामी छौ एकदम आहत
आखिर कसले दिने हामीलाई राहत
कसले गर्ने हाम्रो कदर
कहिले होला यो क्रुर समाज अनि सोचको बदर?

कहिले पाउने सम्मान
कति सहने अपमान
आखिर सेवा त सेवा नै हो
जो जीवन बचाउने खातिर तल्लिन छ
के सोचेका छौ ?
हामीनै रहेनौ भने
सबै आन्दोलित भयौ भने
के होला हाल?

हुनेछौ बेहाल कृपया सोच घोत्लिएर
सोच तिम्रो जिबनको जति मुल्य छ
त्यहि तिम्रो जिबन बचाउने नर्सिंग सेवाको कति मुल्य छ ?
कल्पना गर त तिम्रो अस्तीत्व यदि हामीनै भएनौ भने
अनि तिम्रो जीवननै रहेन भने ?

त्यसैले म भन्छु सुन!
कान खोलेर सुन!
जति तिम्रो जीवनको मुल्य छ त्यो भन्दा अमुल्य तिमीले पाउने नर्सिंग सेवाको छ
आखिर कहिलेसम्म यो अमुल्य सेवाको अवमुल्यन?
र अन्तमा पुन भन्छु
अबिलम्ब हाम्रा माग पुरा गर

नत्र हामी आन्दोलित हुनेछौ
त्यसपछि नत रहन्छ तिम्रो जिबन नत रहन्छ तिम्रो अस्तित्व
नत रहन्छ यो जगतकै अस्तित्व
सोच कुन पथ तिमि चाहन्छौ
कुन पथ सर्वोपरी ठान्छौ
जीवन चाहन्छौ वा मरण
अस्तित्व चाहन्छौ वा शुन्यता!
हामी थाकेका छौ धेरै थाकिसकेका छौ ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन