सम्झनामा बिपि : बिपिले देखाएको बाटोमा हिड्ने प्रेरणा मिलोस

उत्सव सिजाली मगर

आज १०७ औं बिपि जयन्ती । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी  मनाइयो । विसं १९७१ भदौ २४ गते आजकै दिन जन्मिका कोइरालालाई देशकै ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आफ्नो आदर्श मान्दै आएको छ ।

बिपि नेपाली तथा हिन्दी भाषाका साहित्यकार समेत हुनुहुन्थ्यो । उहाले आफ्नो जिबनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व र नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनैतिक नेतृत्व प्रदान गर्नु भयो ।

इतिहास हेर्ने हो भने दोस्रो बिश्व युद्धको समयमा उहालाइ बेलायती सरकारले जबरजस्ति सैनिकमा भर्ना गरायो र त्यहीँबाट छुटेपछि उहाले इ.स.१९४७ मा “नेपाली राष्ट्रिय कांग्रेसको” स्थापना गर्नु भयो जुन आजको दिनमा “नेपाल कांग्रेस” रहेको छ ।

नेपालको राजनितिक आन्दोलनको अग्रपक्तिको नेतृत्वमा बि.पि. हुन्थे, उहाले बिराटनगर मजदुर आन्दोलन,नेपाल मा राणा शासनको अन्त्य साथै नेपाल मा बहुदलिय प्रजातन्त्रको स्थापनामा उहाँको योगदानको रहेकै कारण बिपिलाई कांग्रेसले मात्रै नभएर समग्र देशबासीले श्रद्धा गर्ने गर्छन् ।

नेपालको राजनितिक अस्थिरतामा बि.पि. को आदर्श,मुल्य र मान्यता अझ सान्दर्भिक रहेको छ । नेपालको राजनैतिक मात्रै नभै नेपाली साहित्यमा समेत बिपिको योगदानको सम्झना गरिन्छ । साहित्यमा उहाँको कृतिहरु तीन घुम्ती, सुर्मिमा, नरेन्द्र दाइ, मोदिआइरन, हिटलर र महुदि र बाबु,आमा र छोरा उपन्यासहरुको चर्चा हुने गर्छ ।

नेपाली साहित्यमा यौन मनोबिज्ञानलाई भित्र्याका कोइरालालाई मनोबैज्ञानिक कथाहरुको नयाँ प्रयोग गर्ने साहित्यिक ब्याक्तित्वको श्रेय पनि जान्छ गर्छ ।

बिपि भन्नु हुन्थ्यो -“जिबन नै एक सुनिश्चित जोखिम हो , जिबनको सार्थकता कुनै उदेश्यका लागि प्रतिबद्वतामा निर्भर गर्दछ ! मानिस आफ्नो संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ! मेरो राजनितिक जिबन खुलेको पाना हो मलाई आफ्नो समबन्धमा सफाइ दिइरह्ने आबश्यकता ठान्दैन । यी हरफहरुले बिपिको आदर्श र जीवन बुझ्न धेरै हद सम्म सार्थक हुने जानकार बताउछन् ।

उनका भनाइहरु – “प्रजातन्त्र बिना देश रहदैन! राष्ट्रियता माटो हैन जनताको सामुहिक भाबना बिचार हो!”
यदि हामिले केबल राष्ट्रियताको चर्चा गर्छौ र प्रजातन्त्रका समबन्धमा मौन रहन्छौ भने अधिनायक बादका पक्ष धर हुने छौ!र यदि प्रजातन्त्रको चर्चा गरेर र रास्ट्र रक्षाको कुरोलाइ उपेक्षा गर्छौ भने हामी बिदेशी तत्त्ब को हतियार बन्न सक्छौ !

आजको दिनमा समझिदै गर्दा बि.पि. को हरेक एक शब्दमा वजन छ ,दम छ ,धेरै कुरा सिक्न सकिन्छ। जस्तै उहाले भन्नु हुन्थ्यो -” म भन्दा धेरै दुख पाएका र यातना सहेका ,त्याग गरेका ,तपस्या गरेका हाम्रो मुलुकमा सयकडौ छन, म त चिनीएको हु अरुहरु त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरु हुन जसलाई कसैले चिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुङ्गा जस्ता कती शहिदहरु भए आजको उत्साहको दिनमा हामीहरुले तिनलाइ समझिनु पर्छ जस्को त्याग र बलिदानबाट आज यस ठाउँमा म यानि कि तपाई हरुको बि.पि. उभिएर तपाईहरु संग केही भन्न पाइरहेको छ”

बिपि भन्नुहुन्थ्यो – “म कुनै आर्थिक विशेषज्ञ त होइन तर जुन बिकाशले ग्रामीण जनता लाई पछाडि छोडि दिन्छ त्यो बिकाश बिकाश नै होइन”

मेरो बिचारमा शहर को सुबिधा मात्र हेर्ने गाउँको बेवास्ता गर्ने बिकाश हुनै सक्दैन , किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो । आजका दिनमा नेपाल देश चलाउने नेताले भुलिसकेका छन। तेसैले त गाउँ गाउँमा बिकाश हुन सकेको छैन । यहि अहिलेको यथार्थ हो ।

कम्युनिष्टहरु तानाशाही लाई मान्दछन सर्बहाराको तानाशाहि उनिहरुको सिद्धान्त हो तर म त्यसलाई मान्दिन भनेर हाक्का हाक्की भन्नु हुन्थ्यो बि.पि.ले।

धर्मको विरुद्धमा त म पटक्कै छैन ,छ दै छैन तर सबैलाइ थाहा छ म धर्मको अभ्यास गर्दैन । इस्वर छ तर प्रचलित् होइन जस्तै कि हाम्रो नियतिको निर्माताको रुपमा होईन इस्वर कबितामा हुन्छन् ,इस्वर सपनामा हुन्छन् ,इस्वर लाई बिज्ञान को माध्यम ले ब्याख्या गर्न सक्नु हुन्न!भौतिक आधार मा ब्याख्या गर्न सक्नु हुन्न इस्वर भन्नु एक अध्यात्मिक अनुभब हो ।

म राजनितिको मत साहित्य मा राख्न बिल्कुलै रुचाउदिन !राजनितिको घेरा सागुरो छ ! कानुनको निर्देशनमा,नियम बद्वतामा बाच छर साहित्य बिराट शास्त्रमा !राजनिती चारैतिर बाट बन्द छ र कला चारै तर्फ खुल्ला !

राजनितिमा म अन्तर प्रेरणाले उकासीएको छु भने साहित्य मा ठिक बिपरित अन्तर प्रेरणाले!म राजनितिमा समाजबादी हु भने साहित्य मा अराजकताबादी ।

बि.पि.ले भन्ने गर्थे साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्द छ र समाजवाद बाट प्रजातन्त्र झिकीदियो भने साम्यवाद बन्छ ।

बि.पि.ले समाजवाद लाई एउटा झुपडी,एक हल गोरु,एउटा दुहुनो गाई र खेत संग जोडेका थिए । बिपिले हरेक नेपालीले यी चिजहरु प्राप्त गर्न सक्ने अवस्था नै समाजवाद हो भने तर आजको सन्दर्भमा यो कुराले चाहिँ हामी आम नेपाली नागरिक जनताले कत्तिको महत्व राख्दछम त ? प्रश्न आफैमा महत्त्वपूर्ण छ ।

हाम्रै पार्टीमा पनि कुन नेताले बिपिको यो भनाइलाई आजको दिनमा आत्मासात गरेका छन् ? मलाई लाग्दैन कि कसैले आत्मसात गरेका छन् ।

आधुनिक गाई गोरु उत्पादन गर्ने फार्म,जमीन सधै उर्बर कायम गराई राख्ने उपाय र किसान बस्ने झुपडी लाई महलमा रुपान्तरण गर्ने कार्यक्रम आजको हामी कांग्रेसि अनि कांग्रेस संग छ र ?

अहिलेका नयाँ पुस्तालाई को हुन त बि.पि. भनि चिनाउन जरुरि छ ,बिपिको मुल्यमान्यता र उहाको सिद्धान्त चिनाज्न र चिन्न जरुरी छ । हैन भने त्यहीँ पार्टीका कार्यक्रममा मात्र फोटोमा माल्याअर्पण गर्यो अनि बस नेताहरु आ-आफ्नो भाषण ठोक्न अनि बि.पि. भन्दा नि आफ्नो बयान गर्न जाने का छन । यो अहिलेको यथार्थ हो । बिपिको मार्गमा हामी हिड्नु जरुरी छ । बिपिको राजनैतिक धरातललाई टेकेर कांग्रेस बढ्न जरुरी छ । साच्चै नै भन्दा के अहिलेका नेताहरुमा नयाँ पुस्तालाई दिने ज्ञान छ त ?

यदि बि.पि.ले राजनिती गर्दै गर्दा मन्त्रि हौला, ठूलाठूला महलमा बसौला, चिल्ला गाडीहरुमा हिडौला भनेर कहाँ राजनिती गरेका थिए र ? उहाले त देश र जनताको भलोको लागि राजनिती गरेका थिए , देश बिकास गर्न राजनिती गरेका थिए , सिङ्गो राष्ट्र निर्माणका लागि राजनिती गरेका थिए अनि गरिब निमुखाको उत्थानका लागि राजनिती गरेका थिए । त्यसैले त आज बिपि बिपि भए ।

आज बिपि कोइरालाको १०७ औं जन्मजयन्तिमा हामी सबैलाई उहाँले देखाएको बाटोमा इमान्दारीका साथ हिड्ने प्रेरणा मिलेको होस ।बिपिका बिचार अनुसार हामिले हाम्रो ब्यवहारमा उतार्न सकेका हौं । ईतिहास बदल्ने मानवले जन्म लिएको दिन उहाँले देखाएको बाटोमा अवचिलित , अनवरत सदासदा हिड्ने प्रेरणा मिलोस ।

 

प्रतिक्रिया