कस्तो होला बिराजको साङ्लोको ब्यापार ?

राम चन्द्र :

कस्तो होला बिराजको साङ्लोको ब्यापार ?

एक्सन स्टार बिराज भट्टद्वारा अभिनित चलचित्र साङ्लो यतिबेला चर्चामा छ । चलचित्र रिलिजको संघारमा बिराज यति बेला चलचित्रको प्राचार प्रासारमा निकै ब्यस्त देखिन्छन ।

विभिन्न स्थानमा चलिरहेको मेला महोत्सवमा बिराजको माग यती बेला चर्को छ भने चलचित्र रिलिजको संघारमा आफ्नै निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र साङ्लोको प्रचार गर्न उन्नलाई खुला मैदान मिलेको छ भन्दा फरक पर्दैन ।

चलचित्रले ब्यापार कस्तो गर्ला ? धेरैको मनमा उठेको प्रश्न अहिले यहि नै हो ।

चलचित्र यहि माघ २४ गतेबाट चलचित्र प्रदशनमा आउदै छ । मिस नेपाल निकिता चण्डकको यो डेब्यु चलचित्र हो । त्यसैले पनि निकिता यो चलचित्रलाई लिएर निकै आशावादी छिन् ।

पहिलो पटक स्क्रिन सेयर गरेको यो जोडिको दुई गीत र ट्रेलर सार्बजनिक भै सकेको छ । जहाँ माया प्रेम, एक्सन , कमेडिको मिश्रण देखिन्छ ,जस्मा एक्सन र संवादको पाटोलाई दर्शकले धेरै मन पराएका छन् ।

सार्बजनिक गीत मध्य “चरीले काफल टिप्यो ” बोलको गीत यतिबेला सर्वाधिक चर्चामा छ । चलचित्र क्षेत्रको बिडम्बना नै मान्नु पर्छ कि यो चलचित्रले पनि सोलो रिलिज पाएको छैन ।

चलचित्र बिपिन कार्कीद्वारा अभिनित चलचित्र “सेल्फी किङ्ग” संग जुध्ने पक्का पक्की छ । यस्तो माहोलमा के चलचित्र साङ्लोले सुस्ताएको चलचित्र बजारलाई माथी उठाउला त ? त्यो भने माघ २४ पछी नै थाहा हुनेछ ।

स्मरण रहोस आज भन्दा करिब ४ बर्ष अगाडि बिराज भट्टको कमब्याक भनिएको चलचित्र जय पर्शुरामले सोचे अनुसारको ब्यापार गर्न सकेको थिएन ।

प्रतिक्रिया