काठमाण्डौं :

अहिलेको नयाँ पुस्तालाई आकर्षित गर्दै युवा गायक माधव गिरीको ‘माया लाए’ म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द , संगित स्वयं गिरीले गरेका छन् भने गीतको कथा र निर्देशन चर्चित मोडलिङ बिशाल नेपालीले गरेका छन् ।
म्युजिक भिडियोमा पछिल्लो समयमा चर्चित मानिएकी नायिका मरिस्का पोखरेल र अस्मिक लम्सालले अभिनय गरेका छन् ।
अन्य भिडियोहरु भन्दा फरक शैलीमा प्रस्तुत गरिएको यो म्युजिक भिडियोलाई रामकृष्ण चौलागाईंले छायांकन गरेका हुन भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।
यो भिडियोलाई बजार व्यवस्थापन विग नेपाली फिल्मसले गर्ने भएकोमा छ । यसले बजारमा राम्रो सन्देश , आम दर्शकहरुलाई सन्तुष्टि दिनेमा आफु विश्वस्त रहेको गायक, रचनाकार तथा संगितकार माधव गिरीले बताए ।
भिडियो :









