कम उमेरमा विवाह ! वाध्यता कि रहर ?

सुनिता पन्त : पश्चिम नेपालमा पर्ने तराइको धेरै भु भागमा मधेसीहरुको बाहुल्यता रहेको छ । मधेसी समुदायमा धेरै समस्या तथा विकृतिहरुले जरो गाडेको पाइन्छ । त्यसमा पनि मधेसी वालवालीकाहरुको विकराल अवस्था रहेको छ अझ भन्नु पर्दा किशोरीहरुले २० वर्ष नपुग्दै विवाह गर्न वाध्य रहेका छन् ।

कतिपय किशोरीहरु त २० वर्ष त के १६ वर्ष सम्म आफनो माइती घरमा अडिन पनि मुस्कील छ । शिक्षित समुदायको तुलनामा मधेसी समुदाय धेरै कुराहरुमा पछाडि रहेको छ । मधेसी अभिभावकलाइ आफनो छोरी के पढाउने कहा पढाउने कसरी पालन पोषण गर्ने चिन्ता भन्दा पनि को सगं विवाह गराउने दाइजोको लागी पैशा कसरी जोहो गर्ने भन्ने कुराले पिरोल्ने गर्छ ।

घरमा छोरी जन्मने वित्तिकै दाइजो दिन सकिन्छ कि सकिदैन भनेर अड्कल काट्ने परम्परा मधेसी समुदायमा व्याप्त रहेको छ । सानै उमेरमा छोरीको विवाह गरिदिने सकिनसकी दाइजो दिने र पठाउने परम्परा अझै व्यापक देखिन्छ ।

विवाहका लागि दाइजो जुटाउन तछाड मछाड गर्ने अभिभावकले त्यही दाइजोको लागि सम्हालेको पैसा छोरीको शिक्षामा खर्च गर्न चाहने भए त्यो भन्दा ठुलो दाइजो केहि हुदैन छोरीका लागि ।

केहि समय अगाडि वाके को जानकी गाउपालिकाको मानपुर भन्ने ठाउँका मधेसीहरु आन्दोलनमा उत्रिय आन्दोलन गर्नुको कारण थियो १६ वर्षमा विवाह गर्न पाउनु पर्छ होइन भने छोरीको पढाइ खर्च र विवाहको जिम्मा सरकारले लिनु पर्छ । नत्र भने सानैमा विवाह गर्न पाउनु पर्छ । मधेसी अभिभावकहरुले आफना सन्तानलाइ शिक्षामा भन्दा भन्दा मजदुरी गर्नु पर्छ भन्ने तर्फ आकर्षित गर्ने गर्छन ।

त्यसैले पनि यहाका समुदायले छोरीलाइ शिक्षित वनाउन पर्छ भनेर कहिल्यै जानेन । बिरलै केहि घर होलान जहाका छोरीले उच्च शिक्षा लिन पाइ अनि उ रोजगार पनि भइ । हाम्रो समाजले छोरी जन्मीना साथ उसको विवाहका लागि चिन्ता लिने गर्छ । कस्तो घर पर्नी हो, ज्वाइ ले कति कमाउलान, शसुराले कती कमाउछन् यस्तै यस्तै ।

छोरीलाइ कोहि माग्न आयो भने पनि केटाले के गर्छन, केटाका बुबाले के गर्छन, कति सम्पती छ, कहा घर छ भनेर खोज्ने गरिन्छ तर सोचीदैन की छोरीलाइ कसरी शिक्षित बनाउने अनी परिपक्क वनाएर विवाह गरिदिउ । विवाहका लागि दाइजो जुटाउन तछाड मछाड गर्ने अभिभावकले त्यही दाइजोको लागि सम्हालेको पैसा छोरीको शिक्षामा खर्च गर्न चाहने भए त्यो भन्दा ठुलो दाइजो केहि हुदैन छोरीका लागि ।

कानुनलाइ समेत चुनौती दिन माहिर मधेसी समुदायले लुकीछीपी आफना छोरीको वालवीवाह गरिरहेका छन् । घर नजीकैको विद्यालयमा सानो कक्षा अध्ययन गर्न मुस्कीलले पाएपनि मावि तह र उच्च शिक्षा लिन निकै मुस्कील छ छोरी विग्रीन्छ अरुले फसाएर लैजान्छन भन्ने डरले छोरीलाइ वाहिर पढेन नपठाउने गरेको अभिभावकहरु बताउछन् ।

तर अव सबैको सोच परिर्वतन हुन जरुरी छ सबै अधिकार कर्मीहरुले सयुत्त रुपमा छोरीको उच्च शिक्षा र उमेर नपुग्दा सम्म विवाह नगर्ने र नगराउने प्रतिवद्धता सहित आवाज उठाउनु पर्छ अनि मात्रै छोरीहरु २० वर्ष सम्म ढुक्कले आफनै घरमा वस्न पाउने छन् । लाउ लाउ खाउ खाउ भन्ने उमेरमा पराइ घरको चुलो चौको समाल्न पर्ने छैन ।

प्रतिक्रिया