डिल्ली राज गिरी
मैले यसलाई कता बाट सुरुवात गरौ भन्ने मै अलमलमा छु। जिन्दगी लामो बनाउनु हैन महान बनाउन जरुरी छ,भन्ने भनाइले कता कता यो मनलाई छुने गर्दछ। यात्रा आफैमा रमाइलो अनुभव हो,तर त्यस भित्रका धेरै परि घटनाहरु ले यात्रालाई कति रमाइलो बनायो भन्ने कुराको निधो गरेको हुन्छ। प्राय मानिसको यात्रालाई आफ्नै तरिकाले बुझ्ने र त्यसरी नै ग्रहण गर्ने चलन छ।
मैले आज खासगरी हाम्रो दैनिक जीवनमा गरिने यात्रा भन्दा अलि फरक किसमको यात्रा को बारेमा केहि लेख्ने कोशिस गरेको छु। अदृश्य यात्रा तर यात्रा,यसलाई हामीले कसरी बुझ्छौ,त्यो आफैमा भर पर्छ। एउटा अदृश्य यात्रामा सवार दुई यात्रीहरु जसले यात्रालाई अझ रोमाञ्चित तथा अर्थपुर्ण बनाएको सत्य घटना।
समयको गति संगै दुईजना युवायुवतीको भेट कुनै सामाजिक सन्जालमा हुन्छ। सायद लाखौं मान्छेहरुको बीचमा ती दुईको भेट त्यति सहज थिएन होला। त्यसका बाबजुद पनि भेट भयो। त्यति मात्र हैन ऊनीहरु को निकटता धेरै नजिक छ,र हुने पनि छ।अब भेट त भयो,तर न त्यहाँ कुनै पिरिचित हुनको लागि आवस्यक सूचनाहरु नै छ,न त कुनै देख्न मिल्ने कुनै आकृति। एउटा सामान्य किसमको नाम छ,तर त्यसले कुनै सहज पार्दैन एक अर्कालाई परिचीत बनाउन को लागि। कहिलेकाहीँ मानिसहरू नाममा पनि आकर्षित हुदा रैछ्न,र त्यही भयो यहाँ पनि,मात्र नाम चिनेको भरमा यात्रा सुरु हुन्छ।
दिनहरू बित्दै जान्छन,ऊनीहरु को भेट नि दैनिकी जसो हुदै रहन्छ,लेखाइको भरमा कुरा हुन्छ। तर विडम्बना ऊनीहरु बोलेर कुरा गरेको छैनन। दैनिक जसो भेट हुने भएर होला,सायद ऊनीहरु एक आपसमा आकर्षित भैसकेका थिए। यस्तै क्रम जारी थियो,यात्रा अघि बढी रहेको थियोे। अब ऊनीहरु को दैनिकीमा अलि फरक आउन थाल्यो। एक आपसमा राम्रो चिनजान र आवाज भएनी सुनेर पहिलो तहको चिनजान गर्ने सम्मको सोचले मनमा खेल्न थाल्यो।किनकि त्यो स्वभाविक पनि थियो। निकटता उदगम थलो नै एकअर्का बीचको असल मित्रता नै हो,र त्यसको लागि परिचय को महत्त्वपूर्ण भुमिका रहन्छ।
पहिलो तहको चिनजान गर्न त्यति सहज भएना। पहिलो पटक बोलेर कुरा गर्ने योजना ले करिब ३ महिनाको समय लियो। यो समयमा धेरै उतारचढाव हरु देखिए तर दुईजना अन्जान यात्रीहरु को बीचमा त्यस्तो कुनै परिवर्तन आएना जसले ऊनीहरु को यात्रामा पुर्णबिराम लगाइदिन सकोस्। त्यसकारण ले यहाँ के बुझ्न सकिन्छ भने, भावनात्मक रुपले मनमा अथवा दिमागमा कसैलाई राखिन्छ भने,त्यसको प्रतीक्षा मानिसले अवस्य गर्छ चाहे उसले केही ठुलो चुनौतीको सामना गर्न किन नपरोस्।
खासगरी यहाँनेर ती युवतीमा धेरै ठुलो धैर्य गर्ने क्षमता देख्न सकिन्छ। मानिसलाई हरेक चुनौती को सामना गर्न र जीवन लाई सफल पार्न धैर्यता को महत्त्वपूर्ण भुमिका रहने गर्दछ। मानिसमा धैर्य रहने क्षमतामा कमी आउनु भनेको,उसले जीवनमा अझ ठु-ठुला समस्या संग लडनु हो। धैर्यता ले नै मानिसमा निखार ल्याउछ।त्यसैले ती युवतीमा धैर्य गर्ने क्षमता उच्च रहेछ र उनले त्यसै गरिन।
त्यसरी धैर्य गर्दागर्दै पनि आफ्ना केहि कदमहरु,जसले एकाअर्कालाई करिब लिन सकोस् र एउटा आवाज मात्र भएनी सुन्न सकियोस् भन्ने सोच ले ग्रसित पार्दो रहेछ,र त्यसैले केहि कदमहरु चाल्न मानिस बाध्य हुदो रहेछ,र त्यसै भयो यि दुई जना बीचमा। यसरी नै दिनहरू बित्दै थिए एक अर्का बीचको निकटता झनै बलियो बन्दै थियो।
अब दुई जना बीच एक आपसमा परिचय गर्नु पर्ने निश्चिति भयो। सायद त्यो दिन दुबै को लागि महत्त्वपूर्ण थियो। धेरै दिन पछी को एउटा इच्छा साकार हुदै गर्दा मनमा अनेक खालका प्रश्नहरु उब्जिनु स्वभाविक थियो। त्यसै भयो पहिलो परिचय आफैमा महत्त्वपूर्ण रहयो,अझ खास त के छ भने आवाज भित्रको गहिरो लगाव को थालनी सुरुवात भएर पनि होला अझ केही विशेष रहन पुग्यो। अब अलि फरक खालको अनुभुती छ।
परिचय पछी का दिनहरु अझ महत्त्वपूर्ण रहे। खासगरी सोच भन्दा नि अझ फरक खालको केटी,असाध्यै तेजिलो बुद्धि,बोली बाट राम्रो प्रभाव पार्न सक्ने खुबी भएको असाध्यै मिलनसार युवती संग को भेट आफैमा एउटा संयोग हो। पछिल्लो समय विकृतिमा फस्दै गएको हाम्रो समाज र सामाजिक अवस्था भित्रको एउटा असल उदाहरण मैले ती युवतीको पाएको छु। समाजको अति उत्तम मानिसले अरु मानिसहरु भित्रको सम्भावनालाई उजागर गरिदिन्छन।
त्यस्तो सम्भावना औंल्याउन सक्ने मान्छे आफैमा सफल हुन्छ,या भनौं सफलताको बाटोमा एउटा महान यात्रीको रूपमा यात्रा गरिरहेको हुन्छ। भने अर्को तिर समाजका खराव मानिसहरु ले सम्भावना को साटो उल्टो सबै कमजोरीहरु मात्र देख्ने गर्दछ। त्यसकारण पनि उहाँमा एउटा यस्तो स्वभाव अथवा गुण छ,जसले हरेक मानिसहरु का सम्भावनाहरु लाई उजागर गरिदिन्छ,र त्यही सम्भावना मै टेकेर सफलताको यात्रामा अगाडि बढ्न ठुलो सहयोग गरिरहेको हुन्छ।
सायद आत्मीयता,सम्बन्ध सबैलाई मानिस भित्र रहेको अदृश्य शक्तिले सबै ठाँउ बाट जोड्ने प्रयास गरेको हुन्छ। त्यसकै फलस्वरूप हाम्रो समाजमा अनेकौं नाता सम्बन्धहरु टिकेका हुन्छन्। त्यसकारण पनि ति युवती महत्त्वपूर्ण छ्न। किनकि उनमा यति आत्मविश्वास छ,कि त्यसले उनलाई सधै सफलताको शिखर चुम्न मद्दत गरिरहने छ।
ती दुई को असल मित्रता अहिले पनि कायम छ। त्यसले दीर्घकालीन रुपमा नै सहि गति लिने बिश्वास लिएको छु। अदृश्य यात्रा भित्रका संस्मरणहरु भित्रका संस्मरण ले जीवन भरिपूर्ण बनोस्। जीवन सफलताको स्रोत यस्तै संस्मरणहरु बन्न सकोस् भन्ने कामना गर्दै,सु-स्वास्थको कामना गर्दछु।










