गायिका आस्था रावतलाई कलाकार दिपकराज गिरिले दिए यस्तो सुझाव

काठमाडौं :

गायिका आस्था रावतलाई कलाकार दिपकराज गिरिले दिए यस्तो सुझाव

आस्था रावतको लाइभ भिडियो , त्यसपछि सार्वजनिक बिमानस्थलको भिडियो र बिमानस्थलको भिडियो बाहिरी सकेपछि पुनः आस्थाको लाइभ भिडियो पछि सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ । चर्चित कलाकार देखि आम सामाजिक संजाल प्रयोगकर्ताले पक्ष र विपक्षमा टिकाटिप्पणी सुरु भएको छ ।
त्यसै क्रममा कलाकार दिपक राज गिरिले आफ्नो सामाजिक संजालमा मार्फत आस्था रावतको लागि लेखेको सुझाव / पत्र जस्ताको
तस्तै तस्वीर :

प्रिय आस्था बहिनी…
यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो
म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू ।

समस्या कहाँबाट आयो भने , तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो ।

भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवानहरू लाइ छुट्टै प्रेसर हुन्छ । उनिहरू लाइ छुट्टै दवाव हुन्छ । उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ , त्यस्तो बेला उनिहरूवाट अलि रूखो ब्यबहार निस्किन्छ पनि, त्यहीँ पनि निस्कियो होला
तर हामि कलाकार वा सेलेब्रिटीज़को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ ।

सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ ,अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ ,अत सहनु पर्ने हामिले नै रहेछ ।

बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै भिआइपी हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खेलाड़ी, कलाकार हरूलाइ पनि भिआइपी मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो । यो संबेदनशीलता लाई हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ, त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ ।

मापसे काण्डमा म पनि परे ,गल्ति मेरै थियो । तर जब म प्रहरीको पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् ।

यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ , हामिलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फूर्ती देखायो होला फस्यो नि’ भनिदो रहेछ । त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ ।

तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला । तर गल्ति तिम्रो फ़ेसबुक लाइभले गर्यो त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो तिमिलाई केहि नभइ त्यस्तो भनिनौ होला तर बाहिरबाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटनालाई तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन’ भनेर आउछ दुख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग ..। सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ।

प्रतिक्रिया