विपतमा हाम्रो रहर…

त्रिलोचन सुवेदी

हामिहरू यति धेरै पोखिन थाल्यौ, यति धेरै बोल्न थाल्यौ कि कुनै वेला हामी नबोलेर जित्ने अवस्थामा पनि बोल्न छाडेनौ।

हामी बहुद फुर्सदिला भयौ । फुर्सदमा हामी आफूलाई बद्लिन सकेनौ, समाज बदल्न सकेनौ तर राष्ट्र बदल्न लागि परेको देखिन थाल्यौ । लोक अप्रिय भएता पनि हामी देखिन , सोसियल मिडियामा छापिन बहुद रहर गर्यौ।

देश यतिवेला लकडाउनमा छ । कोरोनाको माहामारी दिन प्रतिदिन बढेर कोरोनाको सक्रिय संक्रमित बीस हजार नाघि सक्यो । कोरोना सङ्क्रमणका कारणले मृत्यु हुनेको तथ्याङ्क दिनप्रतिदिन उकालो लाग्दै छ ।

झण्डै सातौ महिना लकडाउनको कारणले सबैलाई असर परेतापनी विशेषगरी श्रमिक बर्गमा भने सहनै नसक्ने पीडा आईपरेको छ । पेटले एक गाँस खाना पाउन सकेको छैन, रात कटाउन तयार पारिएको कुनाको अध्यारो कोठा पनि भाडा तिर्न नसकेर कोठाबाट निकालिनु परेको छ ।

पीडा यति सम्म रहेछ कि कसैले एक छाक निशुल्क बाडेको खाना समातेर खान खोज्दा पनि आखा रसाउछ मन अमिलो भएर आउछ । गला सम्म आमाशय भरिएर आएको अम्लले घाटि चसक्क हुन्छ ।

हामी फुर्सदमा भएकाहरू यतिहुदा सम्म बोल्न छाडेका छैनौ, यो लेखिरहदा सम्म मैले मेरो फेसबुकको भित्ता भरी पूर्व प्रधानमन्त्री बाबुरामले भट्टराईले भोका श्रमिकलाई खुल्ला मन्चमा (अहिलेको बसपार्क ) खाना बाडिरहदा अनेकौ टोकेसो सहितको पोस्ट छपक्कै छ । हामी यतिधेरै फुर्सदिला किन ह ?

बाबुराम भट्टराईले खाना बाड्न लागेको देख्ने पनि हामी नै हो । उनको फोटो खिच्ने पनि हामिनै अनि पोस्ट गर्ने पनि हामिनै । काम गर्नेलाई सहज रूपमा गर्न किन नदिने ? होला उन्ले फोटोमा देखिनकै लागि एक दिन खाना बाडेका होलान, तर कम्सेकम एकै छाक भएपनी ती भोकाहरूको पेटले त पक्कै आशिष दिएको होला नी ।

यतिका तथानाम सेयर र कमेन्ट गरिरहदा बरू दुई चार जना गएर बाबुरामलाई सहयोग गरेको भए बिहानको छाक खाईरहेका श्रमिकले बेलुकाको छाक पनि खान पाउथे होला नी ? तपाईले पनि छ भने र सक्नुहुन्छ भने, एक मुठी सहयोग गरेको भए खान दिनेलाई भोलि बीहानको छाक कसरी जुटाउने भन्नेमा सकस हुने थियन होला नी ।

हर आपत विपत को अडिमा नेपालीहरूले आफ्नो फराकिलो मन झन फराकिलो पार्दै सर सहयोग गरिरहेका हुन्छन, यस्ता कार्यमा झनै विदेशमा रहेका नेपालीहरू झनै अग्र पङ्तिमा देखिन्छन र बाकि छन केही जो यस्ता पून्यका कामलाई काम नलाग्ने सोच्छौ । जहाँ पनि भ्रष्टचार र दुई नम्वरी धन्दाका रूपमा हेर्छौ । हुन त हिसाब किताब पारदर्शी नहुदा कयौ खरिद,कयौ सेवाका कार्य र कयौ सरकारी कार्यक्रममा अनियमितता पुष्टि नभएको भने होईन ।

यो कोरोनाको समयमा कयौ स्थानिय तहमा खासै काम नदेखिदा पनि करौडौको खर्च दैखिनु, खरिद गरिएका राहत पिडित सम्म नपुग्नु, पुगेता पनि गुणस्तरीय नहुनुले, केही विशेषको कु कामको पुष्टि गरिरहेको छ र पनि यस्ता घटनाले सच्चा समाज सेवा र सेवा भावलाई तिलान्जली दिनु पक्कै पनि उचित हुदैन ।

यस्तै हामी कराईरहेको अर्को विषय हो नेपाल विद्ध्युत प्राधिकरणको प्रमुख छान्ने विषय, नेपाल सरकारले कुलमान घिसिङलाई उनको कार्यकाल सकिएको भन्दै उन्लाई विदा गर्यो, उनले आफ्नो कार्यकालमा एकदमै राम्रो काम गरेका हुन यो भनि रहनु पर्ने र प्रमाणित गर्नुपर्ने कुनै कारण छैन किनकि सवैले महशुष गरेको कुरा हो।

दैनिक १८/२० घण्टे लोडसेडिङ हटाएर लोडसेडिङ मुक्त गराई, प्राधिकरण लाई फाईदामा लग्नु चानेचुने कुरा थिएन, उनको यो उपलब्धीलाई मुक्तकण्ठले प्रसशां गर्नै पर्छ । तर विद्युत प्राधिकरणको लागि उनी मात्र विकल्प हुन भने जस्तो गरिरहेछौ हामिहरू ।

कुनै एकले राम्रो गरेकोमा उस्को प्रसम्सा गर्नु, सहयोग गर्नु एकदमै जायज हो तर उस्लाई मात्र उभ्याएर अर्काको बाटो बन्द गरिनु हुदैन भन्ने मेरो मान्यता हो ।

कुलमान भन्दा सफल ब्यक्ति जन्माउन पनि नेपाल आमा सफल छिन भनेर पुष्टि गरिनु पर्छ। तथापि भ्रष्ट र दलाललाई नियुक्त गर्न बाट रोक्नलाई खवरदारी गरिरहनु पनि हाम्रो कर्तब्य नै हो । तसर्थ सफल सक्षम साहसी ब्यक्तिको लागी बाटो खुल्ला गरौ, र भ्रष्टचार र बेथिति प्रति खवरदारी पनि गराउदै राखौ ।

प्रतिक्रिया