मंगलबार कोहलपुरको महोत्सवमा जनगायक जिवन शर्मा आउने

कोहलपुर :

जनगायक जिवन शर्मा

कोहलपुर महोत्सवको अन्तिम दिन मंगलबार जन गायक जिवन शर्मा कोहलपुर आउने भएका छन ।

माघ ५ गते समापन हुने भनिएको कोहलपुर महोत्सव मौसमको प्रतिकुलताका कारण दुई दिन थपिएको थियो ।

महोत्सवको समयावधि थपिएपछि जनगायक जिवन शर्मा लाई कोहलपुर ल्याउन लागिएको हो ।

महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक हेम बिक्रम जिसीले उक्त जानकारी दिए ।

जनगायक जिवन शर्मा का अलावा मंगलबार गायक चन्द्र शर्मा, बिन्दु परियार र रेश्मा पुन कोहलपुर आउने भएका छन ।

पौष २४ गतेदेखी कोहलपुरस्थित खुल्ला मैदानमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ संचालन भईरहेको छ ।

महोत्सव अवधिभर पानी परेको तथा दर्शक र ब्यापारीहरुको
मागलाई मध्यनजर गर्दै महोत्सव दुई दिन थपिएको आयोजकले जनाएको छ ।

यद्यपी महोत्सवको समापन भने माघ ८ गते हुने भएको छ ।

त्यस्तै सोमबार , युट्युवमा गित गाएर भाईरल भएकी बाल गायीका कमला हमालले कोहलपुरवासीलाई दाहोरीबाटै हमला गरेकी छन ।

महोत्सवमा सहभागी हुन सोमबार कोहलपुर आएकी कमलाले कोहलपुरमा समेत आफ्नो प्रभाव छाड्न सफल भएकी हुन ।

कमलासँगै मञ्चमा उक्लिएका अन्य गायकहरुलाई कमलाले कडा टक्कर दिएकी थिईन ।

उमेरले निकै सानी कमलासँगै दोहोरी गाउन यहाँका स्थानिय कलाकारहरुलाई हम्मेहम्मे परेको थियो ।

प्रतिक्रिया