सन्देश पौडेलको मेरी आमा बोलको गित सार्वजनिक

भर्खरै गायन क्षेत्रमा प्रवेश गरेका बाल गायक सन्देश पाैडेलकाे आवाजमा ‘मेरी आमा’ बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ ।

प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितलाइ म्युजिक भिडियाेकाे रूपमा भने राजकुमार कुवंर र गोबिन्द दुलालले निर्देशन गरेका हुन। सन्देश पौडेल र बरिष्ठ गायीका संगीता प्रधान राणाको स्वरमा रहेको यो म्युजिक भिडियो लाई सह-निर्देशनमा बिशाल केसि रहनु भएको छ भने छायाँकनमा अनिल जिसि हुनुहुन्छ ।

सम्पादन सिमली मिडियाले गरेको छ यो भिडियोमा श्रृङ्गार मा डेनि कोइराला रहेकि छिन् । यो गित ललिता शर्माकाे रचना रहेकाे छ । गितको रेकर्डिङ केहि दिन अगाड सकिएको हो भने म्युजिक भिडियो पनि भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए ।

त्यसैगरी सङ्गीतकार रमेश सुबेदी र गीतको एरेन्जमा वरिष्ट गायक बिबि अनुरागी रहेका छन् । नव प्रतिभाका रुपमा यो दोस्रो गीतले भोलिका दिनमा अभिनय क्षेत्र सगैँ गायन क्षेत्रलाई सशक्त बनाउँदै जाने बाल गायक सन्देश पौडेलले बताए का छन् ।

यस म्युजिक भिडियोको मुख्य अभिनयमा गायक सन्देेस पौडेल र समिला शर्मा रहेका छन्। भने,अन्य कलाकारहरु निरु मगर, स्याम प्रसाद खनाल, सन्तोष भण्डारी, रविन्द्र चौलागाइ, गोबिन्द दुलाल, रेसु रेलि माया घिसिङ र सुस्मा बस्नेत बिकरालको प्रस्तुति रहेको छ ।

प्रतिक्रिया