नेपाली सङ्गीत जगतमा पहिलो पटक पाईला चाल्दै संघर्ष गरिरहेका लेखक हुन् उदेश खतिवडा । हालसालै बजारमा भित्रीएको “फ्यान्टा कोकैमा” भन्ने गितमा शव्द समेत दिसकेका उनले अझै दर्शकको साथ हौसला र माया पाए अरू गितहरू पनि चाडै नै बजारमा भित्र्याउने तयारीमा हुनुहुन्छ ।
साथै यस गीतमा सङ्गितकार रामकुमार रिमालले सङ्गीतमा आफ्नो बिषयभन्दा फरक खालको गीत सार्वजनिक गरेका छन् । उहाँले अहिलेको युवापुस्तालाइ मध्यनजर गर्दै “फ्यान्टा कोकैमा”बोलको लोकदोहोरी गीत सार्बजनिक गरेका हुन्। आफ्नो घर पनि सोही जिल्लाको गल्छी गाउँपालिका वडा नं ६ महेश दोभानमा रहेको कारण धादिङ्ग जिल्लाकै चर्चित स्थल गल्छिलाइ आफुले कोरेको शब्दलाई साङ्गीतिक माध्यमद्वारा चिनाउन उनी लागी परेको सर्जक खतिवडा बताउछन् ।
लेखक खतिवडा भन्नुहुन्छ यो गीत बिदेश ( दुबई ) मा बसेर गाउँको प्रेमिकाको यादमा लेखिएको काल्पनिक गित हो । २०६४ सालमा लेखेको गित हाल समय मिलाएर बजारमा ल्याईएको पनि उहाँको दाबी छ।परदेशमा सुखदुःख गर्दै नेपाली सङ्गीतजगतलाइ माया गर्ने उनको शब्द तथा लगानीमा रहेको यो गीत प्रथम हो। यस गीतलाई सङ्गीत रामकुमार रिमालले दिएका छन् भने आर.बि. लामाले सङ्गीत सम्योजन गरेका छन् ।
हलेसी डिजिटल रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको यो गीतमा अहिलेका चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बि.सि.को आवाजमा रहेको यो गीत साच्चै नै राम्रो बनेको र दर्शक श्रोताहरुको मन जित्ने सङ्गीतकार रिमाल बताउछन् । साथै अडियो मिक्स तथा मास्टरिङ्ग महेश्वर मान राजभण्डारीले गर्नुभएको हो।प्रकाश भट्टको निर्देशनमा बनेको यस गीतमा ऋत्तिक घिमिरे तथा आरति भण्डारी प्रमुख भुमिकामा देखिएका छन् ।
यदी दर्शकहरुको माया र हौसला मिलेको खण्डमा आगामी साङ्गितिक ढोका खोल्न सहज हुने कुरा लेखकको दावी छ।हाल कर्म क्षेत्र कतारमा रहेका खतिवडा स्वदेश फर्किएर आफैं खटिएर गित गर्ने सपना देखेका तर कोरनाको कारण आफू आउन सहज नभएको कारण साथी भाईको सहकार्यमा काम सफल भएको बताउनुहुन्छ ।
गल्छी तथा महेशदोभानको धार्मिक तथा पर्यटकीय क्षेत्र देख्न पाइने यस भिडियोले नेपाली दर्शकको मन जित्न सफल बनोस् भन्ने कामना गर्दछौं ।









