गौरव परियार
पहिले देखि चलि आएको रीतिरिवाज, चालचलन, परम्परा , मूल्य मान्यता लाई पुज्ने मान्यवर हाम्रा वंशावलीलाई भनु की, भौतिक रूपमा अनदेखा गर्ने, जसै छरपष्ट व्यवहारिक भन्दा नी सैद्धान्तिक तर्क जानेका मनमस्तिष्कमा डेरा जमाएर बसिरहेको समाजलाई भनुम्- कसलाई भनुम् ?
(दमाई हुँ भन्दा पिर लाग्दैन मलाई, तपाईंलाई पनि तपाईंको जात थरले बोलाउँदा पकै पिर नपर्ला, तर कुनै व्यवस्था वा कुरीतिले गर्दा हामी मानव मानव बीच असमानताका पक्ष आयो भने, जात कै कारणले गाली अथवा कुनै अधिकारको विषयमा दखल गरियो भने पकै मन दुख्छ! तपाईंको पनि मेरो पनि)
जातिय छुवछूत भित्रिने क्रम ठ्याकै वर्ण व्यवस्था पछिको बाठो चरोले सामन्तवाद व्यवस्थामा सजायकाे रूपमा दिने क्रममा जातिय क्षेत्रिय बर्गिकरणमा गिजोलिएको सेरोफेरो लाई मान्न सकिन्छ।
सानो छँदा नबुझ्दा, दमाई, कामी सार्कीको छोरो, डुम यी यावत् नाम पुकारेर बोलाउँदा तेसै कहाँ मन दुख्थ्यो र ! बोलाउने क्रमको समय , बोलाउँदाको त्यो तिरस्कृत हेपाहा भावले पो त मन दुखेको हो त ! मलाई आभास भाकै कुरा हो क्षेत्रीको खुन अनि क्षत्रीको नाति भन्दा बखतको जुन भाव हुन्थो त्यो दमाईको छोरो भन्ने पुकारमा म पाउँदिन थे।
पुरातन काल देखि नै विश्व समाज सामन्त युगको निरङ्कुश शासकत्व जमाउने देखि लाएर जातिय छुवाछुत व्यवस्थाको लहरो पहरो नालीबेली तान्दै समाजवादको कल्पनाशील समाज उनमुद बाटोमा अनवरत रूप मा चल्ने क्रम मा पूँजीवादी दलाल जातिवाद को कथनमा अाई अटकेको छ ।
पढाउने मास्टर ले “बाबु नानी हो जातिय भेदभाव गर्नु हुँदैन हामी एक हौ काटे रगत सबैको रातै आउँछ ” भनेर जति बालबच्चालाई रेटाए पनि जातीय छुवाछुत तथा भेदभाव उहाँ हरुबाटै हाम्रो नेपाली समाजमा जकडिएको देखिन्छ।
हालै बन्दा बन्दीको समयमा एउटि बहिनी सँग कुरा भाको थियो हाम्रै कलेजमा पढ्ने (ब्याचलर) मैले उनलाई सोधे -जातिय छुवाछूत कतिको मान्छौ भनेर? भन्दैथिन – “बुवा मास्टर विद्यालयमा सामाजिक विषय पढाउनुहुन्छ तर पनि बाहिर जति बाह् सताइश फलाके पनि जात भनेको जात हो! हामी जात छोडी बेजात (आफू भन्दा तल्लो जात ) का बिहेबारी गरी जाने बस्ने अनुमति छैन । माथीलो जातको जाँदा चल्छ । समाजले नी के भन्ला छ्या ! मेरो बुवाको वेजत हुन्छ । नाक काटिन्छ । मेरो बुवाको कत्रो इजत छ। हामी बाबा आमा घर परिवारबाट नकारिन्छौ । गाउँ मा मुख देखाउँन लायक रहन्नैौ” ।
के साच्चै अर्कै जातको मा जाँदा मुख देखाउँन इज्जत लीलाम नै हुने होर ? उनलाई जीवन साथी नी थरको पहिले पत्तो लाएर जीवन काट्न योग्य जात कै खोजी नीति गर्न पर्ने , के जात मिलेपछि मात्र मानव मानव बीच सम्बन्ध कायम हुने होर ?
के जाति फरक भए भन्दैमा जीवन जिउने सहारा आफ्नो जातकै हुनुपर्ने होत ? के फरक फरक जाति थर का मानिस को जीवन जीउने क्रियाकलाप र पद्धति फरक हुने होर? हाम्रो परिवेश लाउने खाने जिउने प्रक्रिया त एउटै छैन र ? उनी बस्ने घर समाज र उनी भन्दा तल्लो जातका मानिसहरु नपच्ने र उनी भन्दा माथिल्लो जात उनीलाई पच्ने कस्तो खालको मान्यता हो ?
उनी बसेको समाज हामी बसेको समाजमा केहि भिन्नता त म पाउँदिन ! अझ कुनै उपल्लाे जातका पुरुषले तल्लो जातिकी महिलालाई बिहे गर्दा त झनै एक उदाहरणीय नै बन्न जान्छ यो हाम्रो समाजमा ! र कुनै नारी पनि तल्लो जातकोमा बिहेबारी गरी गएसी उसलाई अछुत वर्ग वा माइती सपरिवारले नकार्ने गरेका पनि हामी हाम्रो समाजमा देख्न सक्छौ।
मेरो पनि उपल्लो जातको बाहुन थर को केटी सँग राम्रो सम्बन्ध थियो । मेरा साथी हरु अनि म पनि पहिले त जात कै प्रश्नमा अटकेका थियौं। उसले पनि जातिय भेदभाब नमान्ने भनेसी म नी खुसी नै थिए! हामी धेरै खुशी थियौ । उसले घर मा पनि बताइछे । परन्तु तल्लो जात कै कारण देखाई उसको परिवारले उसलाई दलीतका कुरा गर्ने भनेर गाली अनि पिटे रे । खबर सुनेर आफूलाई सम्झाउँदै उसलाई उसकै जीवन र म आफ्नै जीवनमा रुमलिन सदा प्रयत्न शिल छू । उँ सँगका पलहरु जातीयता को नाउँ दिदै हरकदम दूर जाँदैछु । मैले देखेको छु , उसका आफन्त हरू सबै शिक्षित रे कोही पढाउने, कोही डाक्टर, कोई समाजमा जातिय छुवाछूत मान्न हुन्न, यो कुरितिलाई बदल्नु पर्छ है’ भनेर अभियन्ता समेत बनेका छन् । उहाँ हरू बाटै तिमी सानो जातका वर्ग मा पर्छौ आइन्दा कुरा सुन्न नपरोस् भन्ने आभिबेक्ती आएसी म आफ्नै बाटो तताउन बेस सम्झेर उनीबाट टाढिए ।
समाजका अन्य जात, वर्गका व्यक्तिहरूको कथन जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्नुपर्छ भनेता पनि व्यवहार मा सो बमोजिम गरेको देखिदैँन। जातिय छुवाछुत विरुद्ध बोल्ने सैदान्तिक कुरा चुट्ने मानिसहरू व्यवहारिक बन्न सकेनन् जाति धर्म , भाषा का नाउँ मा हामी खण्डित किन बन्यौ ? किन हाम्रो सोच ले मानवता एक बौद्धिक समाज हो भन्ने कुरालाई व्यवहार मा लागू गराई सहकार्य को बाटो मा तताउँदैन ! के बाहिरी संरचना र भौतिक कुरा हरुमा मात्रै परिवर्तन आउँदा समाज सुखी अनि समृद्धि बन्न सक्छ! फरक फरक मानव बीच धर्म जात जाति भाषा संस्कृति को विषयले किन हामीमा एक फरक दृष्टिकोण पैदा गरिदिन्छ । जातीय छुवाछूतको विषय लाई लिएर सैदान्तिक पाटा र मुखे धारणा मात्र अभिबेक्ती पोख्ने व्यक्ति मात्र पाइयो। क्षत्री ‘क्ष ‘ मा बहादुर सिपाई देखाईयो यज्ञ ‘य’ मा बाहुन लाई देखाई अर्थ चएन किन गरियो? तल्लो स्थर दिएर होला सायद मानसपटल मा पनि दमाई, कामी, सार्की भन्दा मन दुख्ने !
विभिन्न राजनीतिक , सामाजिक , आर्थिक, सांस्कृतिक संरचनाका विषयहरूमा पनि कायापलट रूप लिने क्रम जारी छ।
यी यावत् कुरा हरुको भौतिक कुरा को विकास सँगै व्यवहारिक कुरीति र कुसंस्कृती को पनि के ही जोहो गर्दिए नी हुने! शक्ति लाई कहिले नाश गर्न सकिँदैन रे बरु यस लाई अर्कै पाटा मा ढालेर लिन सकिन्छं रे ! वैज्ञानिक युग मा वैज्ञानिक धारा का विचार प्रतिपादन भए परान्तु ब्यबहारिक हुन सकेन तर्कशिल मानिस का तर्क का अगाडि कुनै पनि अपराधिक घटना लुप्त हुन सक्छन् त्यै भएको हो यो प्रथा पनि !
जातिय छुवाछूत अन्त्यका लागि कदम नचलेका पनि होइनन्। दसबर्से सशस्त्र जन माओ बादीयुद्ध, विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनका साथसाथै दलित आन्दोलनले छुवाछूत अन्त्य गर्न ठूलो भूमिका खेल्यो
तर हालै घटेको २०७७ जेष्ठ १० गते पश्चिम रुकुम जाजरकोट घटना सम्बन्धमा मल्ल परिवार र दलित पीडित विक परिवार बिच घटेको घटनाअतिनै , दर्दनाक छ। जात कै खेलो-मेलोले गर्दा प्रेमी नवराज सहित ६ जना को सामूहिक हत्या गरियो । जातीयता विरुद्ध कोर्रा गाउने जनप्रतिनधि नै त्या मानव संहार चुट्ने कार्य गराउन पुगे।
बाल्यकाल अवस्था देखि नै मैले जातजाति भेदभाब धर्म संस्कृति उचनिच का कुरा पढ्दै सुन्दै देख्दै र हाल सम्म पनि खेप्दै आएको छु । म एक दलित परिवारमा जन्मिएको हुर्किएको केटो र आमा पर्नु भयो क्षत्री को छोरी सुनेको मेरी आमा दलित मेरा बा का, भागेर आयसी मेरा मामाघर का हजुरबुवा ,मामाहरुले त्यो गाउँ नै छोड्नु भयो रे म अहिले २१ वर्ष को भए अझै सम्म पनि मेरी आमा को गाउँमा खुब चर्चा हुन्छ पनि ! पहिले पहिले त ‘दमाई का आई के खान लाई हाई ‘भन्थे र मलाई पनि क्षत्री को नाति हो खुन हो भनेर कहिले कहीं बोलाउने पनि गर्थे!
“दशैं तिहार आउँदा नी कति खल्लो मामाबाट आमाको निधारमा टीका अनि गलामा हजारी फूलले सजिएको कहिले देख्न पाइनँ । के साच्चि मेरी आमा दलितका आएर अछुत भाकिहुन?”
मामा, हजुर बुवाहरुले गाउँ छोडे देखि आमा ६ वर्ष सम्म उहाँ कहाँ भेट्न आफ्नो दुखेसो के ही पोख्न जान सक्नु भएँन र पछि मैले जिद्दी गरेसी खोज्दै सोध्दै मामा घर पुगे काका काकीका छोरा अनि अरू साथीहरु ले गरेको चर्चा अनि परी चर्चा “मामाघर” को जुन साथी भाईहरुको कल्पना शिल आभास म मा गुन्जिएको थियो । मैले त्यसठाउँमा गएसी रत्ति भरि पनि पाउन सकिन।
यस्तै ०६१/०६२तिर को कुरा हो संक्रमण कालिन जनमुक्ति सेना र राष्ट्रिय हितकरमा जुट्न बहुदलीय लोकतान्त्रिक शासन एकता मुलक सञ्चालन गर्न ठेट नै थियो। रेडियो मा पनि समाचार घनकिरहनथ्यो, लोकतन्त्रको पुनबहाली हुने संक्रमण कालिन समय थियो । साशन सत्ता जनमुखी बनाउने जन अपेक्षित सरकार समाज वाद को कल्पना शिल समाज को त्यस काल खुब चर्चा परिचर्चाको विषय थियो र अहिले पनि नयाँ अपेक्षित समाजलाई सुहाउँदो समाजवाद का कोराँ झार्ने क्रम जारी नै छन् ।
हजुर बुवा डोको बुन्दै हुनुहुन्थ्यो आमाले उ उहाँ हुनुहुन्छ हजुर बुवा भन्ने बितिकै म हाम फालेर घुँडा टेकेर खुटा ढोकीहाले “ठूलो भएस ” भनेर आशीर्वाद दिनु भयो । तत्पश्चत् मेरा ती प्वाक पारेका गाला उठेर ॥ओठ मा मुस्कान छाई दियो । मामा माइजू सपरिवार सँग चिना जानी ढोग भेट नी टाढै बाट भयो ।
गर्मीको सिजन थियो क्यारे आमालाई र म लाई भित्र बोलाइएन बाहिर बर्दलीमा नै बस्यौ र त्यै ओछयान लाईयो ! म चाई कति बेला भित्र पसम्ला र िटभि हेरमाला भनेर कुकुरले हड्डि ढुके जसरी भित्रको कोठा नियाली रहेको थे! यस्तै मा दिदीले बोलाई हाली (उमेर ले २-४) महिनाले जेठी) के भित्र मात्र पस्न पाको थे माइजुको छरपटान झटारो दिदी आमा सबैमा गालिको फोरा पर्न गयो ” तिमी दमाई जात भएर हाम्रो चोखो कोठा नै अशुद्ध भयो “भनेर सुन पानि छरकिन थाल्नु भयो ।
म नि दौडेर आमा संग टासिए रुन सकिन !
५ वर्ष को बालक केटो यस्तो हाई सीती असमानता छुवाछूत भेदभाब युक्त विचारधारा बोकेको संस्कार कहाँ बुज्थ्यो ।
बाहिर आँगनमा खटिया (विस्तारा) लगाइयो। र त्यही बाहिर आमा र म सुतिम उकुसमुकुस मन निद कहाँ लाग्थ्यो। र माइजुको जुन पुराण कान मा गुन्जिरहेको थियो । के साच्चै (म अछुत हु त मैले टेकेको धर्ती खाको ठाउँ अरू मानिसहरू मा चल्दैन त ) यस्तै मनोबाद का साथ मा कहिले उजेली होला र घर फर्कीम ला भन्ने छटपटी मा कायाकैरन समाचार को त्यो संक्रमण कालिन अवस्थाको, माओवादी जनयुद्धको बम बारूदका समाचार सुन्दै निदाएछु।
त्यस दिन देखि मैले जातिय छुवाछुत छ है । हामी समान होइनौ भन्ने ,भाव प्रकट आफसे आफ म भित्र , मामा घर गएर आभास भयो। कसैको दैलोमा जान पर्दा नी थर के होला भनी सोच्थे ,।
जहिले खेल्दै कुद्दै कसैको घर को दैलो मा पुग्दा उनीहरूको जात थर दिमाग मा कण्ठ राखेर दौडिन्थे ! उपललो जातको मा भए ढोका मा, नभए भित्रै बिस्तारा मा नै कुद्न पुग्थे! विद्यालय मा पनि म साथी हरुको नाम भन्दा पनि थर तिर आकर्षित हुन्थे। यसको थर के रहेछ, उसको थर के रहेछ भनेर अलिक दूरी पहिले नै कायम गर्ने गर्दथे ।
मलाई यी कुरा हरुको खासै आपति त भएन । सोच्थे उनीहरूको सोच हो ! उनीहरू को मगज ले भ्याए सम्म गरून् ! दोष दिँदैन म उहाँ हरुलाई दोष त म ती सामन्तवादी युग लाई मान्दछु जसले यो समाजको प्रतिपादन लाई सिरोउपर राखी रजाएर , काजाएर ,दमन गरी खाने र सोच पनि स्थर कै राखी ब्यवहार दिने पिढी लाई दोष दिन्छु । अघिलो पिढी को कुकर्म कुसंस्कार लाई पछिल्लो सत्ता वादी समाज लाई दोष दिन्छु र २१ औं सताब्दी मा आएर पनि वैज्ञानिक युग मा व्यस्थ भएपनि र प्रयोग गरेपनि ती अमानवीय हर्कत मान्ने समाज लाई मान्छु।
सरकार ले पनि उत्पीडित वर्ग पिछडिएको वर्ग को नाउँ दिएर छात्र वृत्ति दिदै आएको थियो । दलित! त्यसमा पनि जेहेन्दार भएको ले १२ कक्षा सम्म निःशुल्क अध्यन पनि गर्न पाए । र सरकारी पदस्थ मा उभ्याउन को लागि दलीत लाई आरक्षण को व्यवस्था पनि गरेको रहेछ।
आज भोलि सरकारी नियुक्ति का लागि दलीत अारक्षण कोटा को बारेमा खुब चर्चा सुन्ने गरेको छु।गैरदलित भन्छन्:- “समानता भन्ने हामीलाई भन्दा दलीत वर्ग लाई अधिक सुविधा दिने अारक्षण को व्यवस्था हटाउनु पर्छ सक्छौ भने खुल्ला लड्न आऊ” भन्ने आवाज उठेको देख्छु !
आरक्षण को व्यवस्था पिछडिएका उत्पिडित समाज लाई दलीत गैर दलीत समस्त जाति लाई एक सुत्र मा खडा गर्न का निमित्त कायम गरिएको हो ।
बाजे जीजू बाजे को पाला मा पनि मैले सुनेको दलित लाई पढ्न र उच्च पदस्त का लागि कुनै ठाउँ नै थिएन रे !
आरक्षणमा त्यो वर्ग लाई समेट्न खोजिएको छ जुन समाज अझै लुप्त छन् । उनीहरूलाई समेट्न खोजिएको छ जुन समाज लाई त्यसताका पढ्न खोज्दा जिब्रो काटिदिने गर्थे ।
आरक्षण मा नै रहेर बाहुन /ठकुरीहरूले यो युगसम्म टेक्न सफल भएका हुन् ।
बाहुन / ठकुरी हरू पुराण पढ्थे । कर्म काण्ड पढ्ने अनि गर्ने गर्थे । तेसैले त उनीहरुको स्थान समाजमा पनि अलिक अग्रपंक्तिमा देख्न सकिन्छं । दलित वर्ग लाई यो सब पढ्न गर्न मिल्दैनथ्यो । प्रयोगात्मक रूपमा पनि हालको दलीत समुदायहरू देख्न सक्नु हुन्छ । हाल त्यो दलीत समाज र यो समाजमा कतिको अन्तर पाउनु हुनेछ।
परन्तु आरक्षणलाई अझै त्यो ठाउँ पुर्याउन सकिएको छैन, जहाँ यो पुग्न पर्ने हो त्यो उत्पिडित वर्गको समाज लाई पाशो लाउन सकिएको छैन ।भर्खरै त ती वर्गको स्थान समाजमा कायम हुने खालको टुसा पलाउन योग्य बाताबरण बन्न थालेको छ यस्तैमा आरक्षण सेवा बन्द गरिदिए अारक्षण को कुनै मतलबै नहुन सक्छ।
आज भोलि नियाल्ने गरेको छु ती समाज को वास्तविक संसार र देखाओटी समाज का ठेट युक्त विचार धारा ज्यादै तर्क शिल भाषा मा अभिव्यक्ति दिएको देख्छु पढ्छु अचम्म लाग्छ।
जनयुद्धको क्रममा उठाएका जातीय समानता का मुक्ति माग लिएर समझौतामा बिसाए र हाम्रा जनप्रतिनिधिले जनतालाई सिंहदरबारको अधिकार दिने खोल वडाई ,समाज सुधार गर्न हिंडेका नायक र खलनायकहरूले पहिला समाज लाई परिवर्तन गर्न निउ मा झन् नयाँ पिढी मा यो जातिय वर्गीय समाज महामारी झै नसारुन ! नुनचुक छर्केर चर्को बहस युक्त तर्कको मात्र छाप देखाउनु भन्दा आफूले आउँदो समाज मा बहस नचलाइयोस् ! बहस कै कारण ले निभ छ कि भन्ने घाउ न कोटिओस चर्चा परिचर्चा गरी अर्थ को अनर्थ तर्कको खेलाे मेलो संगालेर अतिरञ्जित विज्ञापन युक्त तस्बिर न कोरियोस!
बरु जति पनि बहसका क्षेत्रमा उभिनु हुन्छं आफ्नो पिढी लाई अनि आफूलाई ब्यबहारिक बनाउन सके राम्रो हुने! पहिले पहिले समाज परिवर्तनको पक्षमा उभिनेहरूले चर्काे मूल्य तिर्दै आएकै हुन ! बन्द कोठामा कोरा शव्द खर्चेर समाज परिवर्तन हुने भए मान्छेले कठिन र चुनौतीपूर्ण युद्ध किन गर्थें ! (सन्दर्भ :जात काे प्रश्न)
योग्य र चेतनशील युवाहरु ,जातिय धार्मिक सांस्कृतिक कुप्रथा का विरुद्व मा जाने, क्रान्तिका मुख्य शक्ति हुन् ! विकृति र विसंगति विरुद्ध निरन्तर आवाज उठाउनु पर्छ !
नाकी सर्हानीय को पाटो बनाई प्रचार प्रसार र पिढी को बीज भनेर गुणगान गाउन मा आबद्ध भई रुमलिन खोज्नु त्यो मूर्खता को परिपाटी को प्रस्तुति हो।
जब कुनै संस्कृति को नाउँ मा मानव समाजको सम्बन्धमा फितलो ल्याउँछ भने, कुनै संस्कृति ले मानवजाति मा धावा बोल्छ भने त्यो संस्कृति लाई हामीले नयाँ तवरमा त्यसलाई ढाल्न सिक्नु पर्छ समय अनुसार मानवीय जनजीवन र उसको कार्य मा नयाँ पन आउने गर्दछ भने संस्कृति लाई त हामी ले सेलिब्रेट गर्ने न हो परिवर्तन गर्दै जानु पर्छ।
सजाय यस्तो छ! हाम्रो व्यवस्था मा:-
जातीय भेदभाव र छुवाछुत गरेमा दुण्डनिए हुनेछ। जो व्यक्ति ले यस्ता जातिय भेदभाव र छुवाछुत गर्छ सो व्यक्ति लाई १ महिना देखी ३ वर्ष सम्म को कैद वा ५ सय देखि २५ हजार रुपैयाँ सम्म को जरिवाना वा दुवै सजाय को भागीदार हुनुपर्ने छ ।
२०२० को मुलुकी ऐन, २०४७ को नेपालको संविधान, २०६३ को नेपालको अन्तरिम संविधान हुँदै दोस्रो संविधानसभाले जारी गरेको नेपालको संविधानले दलितलाई न्याय दिलाउने प्रयास गरेको छ।
हाल राजा–रजौटा सत्ताबाट हटेर नागरिकको हातमा सत्ता पुगेको छ। स्थानीय र प्रदेश सरकार बनेका छन्। सबै स्थानीय तहमा दलित समुदायको धरै थोरै मात्रामा पहुँच पुगेको छ। यसलाइ थोरै सुखद मान्न सकिन्छ।
झन्डै १३ प्रतिशत जनसंख्या ओगट्ने दलित समुदायलाई उत्पीडनमा राखेर, तेसै त समृद्ध नेपालको परिकल्पना, साकार कसरी होला र ?
म त भन्छु बालखै देखि यी जातिय व्यवस्था बारे चेत नचलाउ ! जात धर्मका बिरुद्धमा सोझा साझा बालखलाई नभड्काइयोस् ,र जातलाई राजनीतिको अखडा बनाएर मानविय संवेदनामाथि धावा बोल्ने काम नगरियोस् !
रगत डोनेसन गर्दा होस् या मन्दिर अनि गुरुकुल शिक्षा को लागि कुटी बनाउने बखत कसैले सोध्दैन कि तिम्रो जात के हो? थर के हो?
तर जब काम सम्पन हुन्छ, तब त्यहाँ त्यै जात को रगत युक्त व्यक्ति समाज लाई घृढित नजर ले हेरिन्छ , को पस्न हुने, को नहुने, कसले पढ्न मिल्ने, कसले नमिल्ने, जात/थर सोधखोज गर्न थालिन्छ।
अन्त्यमा: जातिय वर्गीय परम्पराका आडमा मानव मानव बीच उत्पीडन गर्ने विभेदविरुद्ध अभियान प्रारम्भ गर्नु अत्यावश्यक भएको छ। मैले कल्पना गरेको छु त्यो युग ,जुन अभियान प्रतेक घर अनि समाज का नयाँ पिढी बाट प्रारम्भ भई सफल भएर समतता मुलक समाज को निर्माण हुनेछ ।
समस्त युवा पिढी हरुले साथ दिनुहुनेछ भन्ने कुरा मा मेरो हृदय ले अहिले का जिताजाक्ता युवा प्रति बडो अपेक्षा राखेको छ।










