नो फिलिङ्स वाला दशैँ

त्रिलोचन सुवेदी

हुन त दशै न आएको होईन
म पनि घर नआएको होईन
तर किन किन
पोहोर परार सालको जस्तो
दशै फिलिङ्स आएन
बहुद बलियो पिङ्को एक खुट्टा बन्छु भनेर
पलाएको तामा पनि यत्तिकै निरास भएजस्तो लाग्छ
लठ्ठो बनुला भनेर हुर्किएको बाब्बियो पनि यत्तिकै निरास भएर लर्खरिदै छ ।

फूल हरू पनि उति उत्ताउला भएका छैनन कि झै लाग्छ
चुपचाप देखिन्छन पुतलीहरू
गाउभरी सामाजिक दुरी र कोरोनाको महिमा छ
जति महिमा हुन्थ्यो पोहोर दुर्गा पुजाको, चण्डी को
यस्पाला दशैको कुनै फिलिङ्स नै छैन ।

फरास र कार्ड पत्ति का लागि तम्तयार तास का गड्डि
उस्तै निरास छन
उस्तै निरास छ अनुहारको त्यो निद्रा
उस्तै निरास छ यो रात
यस्पाला दशैको कुनै फिलिङ्स नै छैन ।
पोहोर पोहोर छोरो नाईट बसमा मनभरी उल्लास भरेर आउथ्यो घर
यस्पाला प्लेनमा आईपुग्यो घर
मुखमा मास्क अनुहारमा फेस सिल्ड
र,

मनमा कोरोनाको डर लियर
यस्पाला न दुर्गा पुजा/ नवरात्रीको उल्लास पाईन्छ
न अस्टमीको
न भजनको/न घुमघामको
न जूवा र तासको
न साथि भाईको जमघटको
यस्पाला यस्तै छ दशैको कमै उल्लास छ
दशैको कुनै फिलिङ्स छैन ।
(वासगढी,बर्दिया)

प्रतिक्रिया