दशैं त अर्को वर्षपनि आइहाल्छ !

सुजन तिमिल्सिना

बडादशैंको आज ११ दिन कतिपय मानिसहरू नजिकैको इष्टमित्रकोमा गएर टीका ग्रहण गर्दै छन् होला र कति मान्छेहरूको दशैं नै सक्किसक्यो ।

किनभने,यसपालि कोरोना महामारीको विषम परिस्थितिको बाबुजुद हामी र हाम्रो परिवारमा मात्र सिमित बडा दशैं कोरोना सङ्क्रमणको डरले घरका मान्यजनहरूको टीका प्रसाद र आशिर्वादले अघिपछि जस्तो दशैं को रौनक भने खासै अरू कुराले रौनक छरेेन। सायद हाम्रो लागि दशैं टीका नलगाउनजेल र टीका लगाइसके पछि सक्कियो ।

मानिसमा हरेक किसिमको इच्छा अपेक्षा अनुभव लगायतका विभिन्न कुराहरू मनमा खेलिरहदाँ केही नयाँ,नौलो र पृथक त हुने नै भै हाल्यो तर,पनि मेरो १६ वटा दशैं भन्दा यसपालिको दशैं निकै नै छुट्टै भिन्ने र अझ भनौं कस्तो भयो भयो ।

यसपालि काठमाडौमै दशैं मान्ने एउटा रहरले भनौं या कहरले यतै बसियो। हिजो दशमी टीका जब निधारमा टीका लगाइयो तब, बाट खै? दशैं हो कि अौँशी पूर्णमा हो जस्तो लागेको थियो जब जमरा पनि देखे यो त दशैं कै टीका हो भन्ने कुरामा विसश्वस्त रहे ।

काठमाडौ केही दिन देखि लगभग सुन्सानै त नभने अघिल्ला वर्षहरूमा भन्दा यसवर्ष कोरोनाको डरले पनि होला काठमाडौ अल्लि चहलपहल नै थियो । दिउसो दस एघार बजे त पूरा सन्नाटा नै छाएको थियो ।

सायद सबै चाडपर्वले आ-आफ्नै मुल्य मान्यता संस्कृति परम्परागत हिसावले आफ्नो पूर्खादेखि नै चलि आएको रिति रिवाज र चाडपर्व चालचलन को जगेर्नाका निम्ति पनि त यसको अधिक विशेषता रहने नै भै हाल्यो ।

दशैंमा बिजयको प्रतिकका रूपमा कहिँ रातो टीका लगाइन्छ भने कहिँ जातिविशेष सेतो टीका पनि लगाइने गरेको देखियो । काहिँँ रोटे पिङ त काली लष्ठे पिल यसपालि त अझ भनौं फोटोमा बाहेक अन्त कतै देखिएन पिङ पनि ।

दशैंमा पनि त कहिँ दशमीको दिनमात्र टीका लगाउने प्रचलन पाहिन्छ भने कहि पुर्णिामासम्म टीका लगाउने चलन पाहिन्छ । सायद यस्तै यस्तै कारणले गर्दा पनि त हो हामीले हाम्रा सबै चाडपर्वहरूलाई महत्त्वपूर्ण रूपमा लिइएको ।

दशैं भन्ने बित्तिकै नयाँ लुगा, चिचि पापा,मासु, पिङ,नयाँ पैसा, मामाघर अझ, इच्छाअनुसारको आवश्यकता पुर्ति अझ भनौं छोराहरूलाई भन्दा छोरिहरूको अल्लि निकै नै दशौंको रमझम हुन्छ । मामाले कति दिनु भयो ममीले अनि बाबाले नि किन मलाई कम उसलाई धेरै अनि शुरू हुन्छ च्या च्या र झगडा साच्चै दशैं त सानो बेलामा मात्र रमाइलो लाग्ने रहेछ पछि त बिस्तारै दशैं आयो रे भन्दानी आइपुुुुगि सक्यो । सबै बेला परिस्थिति बाद्यता कहरले नै निर्थुक्क बिजेर नै रहेछ । कहिँ निकै बाद्यता लुकेको हुन्छ त काहिँ रहर । तर, ठाउँ परिस्थिति अनुरूप यस दुवैले ठाउँ नपाए ?

यस्तै यस्तै सोचाइ भोगाइ संघर्षले नै जीवनमा थप हौसला उर्जा प्रदान गरि अघि बढ्न थप तपोशील र कर्मनिष्ठ रूपमा आगामी पाइला छलाङ उन्नति प्रगतिप्रति बडो नसोचेको शक्ति तागत प्रदान गर्दो रहेछ ।

लौ त यसपालिको दशैं जस्तै भयो भयो यसमा नभुलौ अब थप जिम्मेवारी र कर्मनिष्ठ भएर हामी सबै आ-आफ्नो काम तर्फ लागौ । दशैं त अर्को वर्षपनि त आइहाल्छ यसवर्ष न पुगेका ठाउँहरूमा अर्को वर्ष अवस्यै पुगौला । अर्को वर्ष थप हर्ष उल्लासका साथ दशैं मनाउला यसपालि यस्तै ।

प्रतिक्रिया