वर पिपलको चैतारी

त्रिलोचन सुवेदी

आँखाबाट फुत्कि गएका केही दृश्टीहरू छन,
जो भन्न चाहादैन आफुलाई
गन्तव्य बिहिन यात्री
आवाज विहिन गायक
कला विहिन कलाकार

यी फुत्किजाने रहर हरूको किन हुदैन गन्तब्य ?
किन हुदैन समन्वय ?
किन ठानि हिड्छन आफूलाई एक बादशाह ?
धेर थोर यो बाटो हिड्नेहरू
किन हुदैनन् हशिलो मुद्रामा ?
कोहि आउछन सुकिला मान्छे
जो पिच्च थुकेर हिड्छ मेरो आगनमा
कोहि आउछन विदेशी मान्छे
जो बाहिर देखिने कोशेली भन्दा गर्हौ
पिडाको आक्रोष मनमा लुकाउदै हिड्छ
मेरो बार्दली बाट
कोही आउछन
मैला कपडा र नङका कापामा गोवर भरिएको औला लिएर
जो आनन्दले निदाएर जान्छ मेरो काखमा

म छु एक
जस्लाई कसैले सम्झेन परदेश गएर
गाउभरिकालाई मोवाईल र ब्लाईङकेट पठाईदिदा
केही न खोज्ने म मात्र हु
पिच्च थुकि हिड्ने सुघ्घरीलाई
हशिलो मुद्रामा शितलता दिने मनै हु
परिश्रमी ती हातहरू जो मैला देखिन्छन
जस्को नङका कापमा गोवर अड्किएको छ
उस्लाई मीठो लोरी सुनाएर निदाउने मनै हु
बिर्सने हरूले त गाउँ बिर्सी सके
बिर्सने हरुले आमा बिर्सिय बा बिर्सिय
बिर्सने हरूले नै हो देश बिर्शेको पनि
बिर्सने हरूले जे बिर्सेता पनि
मैले म उभिएको माटो बिर्सेको छैन
बिर्सनेहरूले जे बिर्सेतापनी
बिर्सनेहरूलाई राम्रो होस शान्ति होस भनेर
बिर्सनेहरूका आमाहरूले
हरेक शनिवार मेरो पैतालामा जल चढाउछन


मनमा आस्था रहेतासम्म
गाँउमा आमा रहेता सम्म
म रहन्छु भन्ने आश छ मलाई
म वर पिपलको एक चैतारी
मलाई कुनै लोभ छैन
र त मैले म उभिएको माटो छाडेको छैन ।।
तर

बेलाबेला डर लाग्छ मलाई यो विकाश सङ्ग
जो मेरो छातिमाथिबाट डोजर चलाउछ
जो मेरो मुटुमाथिवाटै रोलर चलाउछ ।।

 

प्रतिक्रिया