कमरेड बनौं…

गौरव परियार

प्रायः “कमरेड” भनि सम्बोधन कम्युनिस्टहरुलाई गर्ने गरिन्छ वा कम्युनिस्टहरु एक आपसमा यहि शब्दले एक अर्कालाई सम्बोधन गर्ने गर्दछन l कुनै काल थियो जुन काल मा “जय नेपाल”, अभिवादन , लालसलाम जस्ता सब्द प्रायः कमरेड हरुले आफ्नो साथी वा कमनियुस्ट बीच स्वागत अनि भेटघाट मा मिलेको बेला आपस मा एक हात मुठी पारेर माथि उठाएर या हात बेसरी मिलाएर कामरेड बीच सत्कार गर्दै ती आवाज को साथमा हृदय नै उत्कन्ठा ले उमाली दिन्थे ।त्यही आवाज लाई हृदय मा प्रस्तुत गरी नेपाली युवा समाज ले देशमा रहेको राणा कालिन निरंकुश वादी सत्ता का विरुद्ध डटेर लागि परी जनता मा मानवअधिकार र सुशासन को बहाली  ल्याइदिए।
२००७साल मा १०४ वर्ष को राणा साशन को अन्त्य गर्दै गणतन्त्र को स्थापना र त्यसको करिब ५३ वर्ष पछि राजतन्त्रको नै सत्ता बाट नालीबेली उतानो पारी लोकतन्त्र को बहाली नेपाली जनमा छाई दिए।

कमरेड ! शब्द को आभास:
‘कमरेड’ आफैमा प्रीय अनि नजिकपन को शब्द । झन यो शब्दलाई उच्चारण गर्दा छाती त्यसै गर्विलो चाखलो हुने गर्छ । आहा ! कति वजनदार शब्द हो “कमरेड” ? मन त्यसै खुसि र जागरिलो हुने , दिमाग त्यसै तातिने । कस्तो गजबको शब्द हो “कमरेड” ? जिउ त्यसै हल्लाई दिने ।
हुन त यो शब्द संग मेरो कुनै हाडनाता छैन । तै पनि आफ्नै लाग्ने शब्द बोल्दा र बोलाउदा । यो शब्द आफैमा प्रीय लाग्दै जान्छ। आत्मिय लाग्दै जान्छ।सानो मा मेरा गाउँ का दाजु, अंकल, मामा हरुले “लाल सलाम ” भनेर हात उठाएको र हात मिलाएको देख्थे सुन्थे। कस्तो !उहाँहरू मा विद्रोही को आवाज घन्केको आभास मलाई हुन्थ्यो ।तर विडम्बना अहिले त्यो शब्द कमै अनि सुन्न पनि पाइँदैन।

सामाजिक सञ्जाल मा पनि कम्रेड हरुको नाम को आगाडि छोटकरी मा लेख्ने प्रवृत्ति ले होला ‘क.’ लेखिन्छ ।किनहोला सायद:– अब त्यो ता का समय र यो ताका समय मा जनता मा पुनर्वहाली छाएर त्यस्ता शब्द उच्चारण गर्न योग्य न ठानेर होकी– शब्द को मूल्य घटेर होकी– लाज मान्छन् की– उच्च पहुंच मा पुगेर त्यो शब्द को उच्चारण गर्न बिर्सिएकी– या चुनाव जित्न असफल भइयो आफू कामरेड “लालसलाम” भन्दा खेरी अन्य जितेको पार्टी ले आफ्नो मजाक बनाउने खाल को मनस्थि पलाएर होकी ।(कमरेड को उदेश्य व्यक्तिगत नभई समाज र राष्ट्र सँग हुन्छं सबै पार्टी ले बोल्दा हुन्छ बस् कम्रेड सिदान्त उँ भित्र हुन पर्यो)– या आधुनिक बाद पलाएर हो कि– या यो त्यो पार्टी को मान्छे भनेर नराम्रो दृष्टिकोण पैदा हुन्छ भनेर होकी बुझ्न सकिएनआज कमरेड हु भन्न पनि संकोच को दृष्टान्त पैदा भइराको म देख्छु

तर मलाई ती बालापन को दिन अझै पनि याद छ जुन दिन हरू मा कम्नियुस्ट हरूबाट’ कमरेड लालसलाम ‘  भनेर बोलाईन्थयो। त्यति बेला विद्रोही को सुसाहट मेरो कान बाट सुनिएर हृदय गुन्जन हुन्थो।

जति खेर म ७ साल को थिए र एफएम ले “कायाकैरन ” भन्ने चेनल बाट समाचार प्रेषण गर्थ्यो । र अहिले पनि गर्दैछ अझै पनि म हाम्रा ती कम्युनिस्टहरुलाई नियाल्ने गर्छु तर त्यो क्रान्तिकारी भाव अनि जोस म पाउन सक्दिन । 

पारिवारिक क्षेत्र मा चुनौती थुप्रिएर होला आफै मुर्मुरीएको देख्छु । मलाई लाग्छ उहाँ हरुमा अझै त्यो कम्युनिस्ट गिरी छ परन्तु देखाउनु हुन्न । कता कता  विदेश मा रहेर पनि ती युद्ध कालिन क्रान्तिकारी विद्रोही लेख लेखेको म देख्छु ।

राज्य सत्ता तिर पनि फितलो अनि बिल्कुलै परिवर्तन देख्छु। उहाँ हरुको हाउभाउ भनाइ गराई ,सत्ता मा रहेका हरू लाई पनि नियाल्ने गरेको छु। मुक्ति सेना जनयुद्ध कालिन समय मा मूख्य जनता हित कर  एजेण्डा बोकेका हरू राष्ट्रिय हित भन्दा पनि आफ्नो व्यक्तिगत र पार्टीगत हित मा समाहित भाको देख्छु। 

कमरेड हरू ले आफूले बोकेका ती  मार्क्सवादी समाजवादी समाज को मूल  मर्म बुझ्न जरुरी छ। सैदान्तिक पाटो लाई विचाराधीन को मूल थेगो बनाई राष्ट्रिय स्वभिमान बचाउन व्यक्ति गत स्वार्थ लाई आफू बाट पर धकेल्नु जरुरी छ। जनता का माझ उभिएर उनीहरु मा भएको व्याप्त समस्या को खण्डन रूपी मस्यौंदा तयार पार्न पर्यो।

सिंहदरबार अनि बालुवाटार क्षेत्र मा मात्र धाउनाले गान्धा रूपी पार्टी को नाउँ मा विभिन्न समाज बाट कम्नियुस्ट  हरुलाई बुझियो।। यो हल्ला रूपी कल्पनाशील पूर्ण  भाषण त्याग्न जरुरी छ । यो एउटा हाम्रो लागि अनैतिक पूर्ण घटना कै रूपमा सोच्दा हुन्छं  त्यो वहोदा मा बसेर  जनता प्रति को कुनै आस्था का  कदम नचल्दा कम्नियुस्ट (कमरेड) मा  पनि पुँजीवादी अनि वर्ग संघर्ष मा  गुज्रिएको रोग नदेखेला भन्न सकिन्न।सकारात्मक रूपमा:राजनैतिक यात्रा मा कदम नै चाल्न चाहने हो भने कमरेड पार्टीगत पदीय मर्यादा मा सीमितता जनाउनु  भन्दा पनि पार्टी कमिटी मा आवद्ध हुँदा र रहुन्जेल समाजवाद का वैचारिक सैदान्तिक हिसाब मा आफूलाई एक ढेक मा राख्न जरुरी छ। निन्दनीय कार्य लाई नकार्न जरुरी छ। पार्टी मा व्यक्तिगत  कुकर्म लाई जोहो गत परिणाम का लागि  तकर्गत माध्यम होइन ।  त्यसलाई बहिस्कार गर्न जरुरी छ । कार्यकर्ता हौ त हामी पनि त ती विचार मा एक डेग ले चाल्न जरुरी छ ।

त्यसै गरी कम्निस्ट शब्द नेपाल मा कहिले आयो मलाई निश्चित समय को पतो भएन । तर मैले था पाको र पढे सम्म कम्निस्ट विश्वेश्वरप्रसाद कोइराला जस्ता अभियन्ता सँगै भारतीयले अंग्रेज लाई धपाउँदा”भारत छोडो ” भन्ने नारा र पार्टी गत हेलमेल बाट भित्रिएको म पाउँछु।पछि गएर आफ्नै राष्ट्र नेपाल मा पनि राजतन्त्र को अन्त्य गर्ने पर्छ। नेपाली जनता हरुमा पनि समानता को भावना को उजागर इलो एबम् पढन लेख्न अनि उनीहरूको हक हित उनीहरु ले पाउन पर्छ। गणतन्त्रात्मक शासन को जडो गाड न पर्छ भनेर राजा सरकार को निरंकुशता हटाउने हेतु मा आको हो।
भारतलाई मैले अबसरवादी ठान्छु । मैले बुझे अनुसार त्यस ताका नेपाली जनता मा मानवआधिकार को विषय र राजतन्त्र विरुद्ध लड्न मा भारतीय कामरेडहरुले साथ अनि हौसला हाम्रा कामरेड हरुमा के ही मात्रामा भरेका थिए। त्यसै गरी गणतन्त्र स्थापना मा पनि भारत ले दिल्ली सम्झौता देखि लाएर लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारीमा पनि साथ दिएकोको थियो तर त्यसता कुरा मा भारत लाई मिसाउनु हाम्रो गल्ती पनि थ्यो सायद हामीमा नेपालीको सान र मान् गिर्न गयो। हामी उनीहरू मा राष्ट्रको आन्तरिक सवालमा निर्भरता हुन गयौं ।

यो कुराको निन्दा त्यस बखत विश्वेश्वप्रसाद कोइरालाले पनि गरेका थिए। र सुवर्णले पनि भनेका थिए – ससस्त्र क्रान्ति का बखत भारत सँग रहि आफ्नो राष्ट्र मा क्रान्तिको बिगुल छाउन खोज्दा राष्ट्रियता अनि राष्ट्रिय सुरक्षा धरात मा पर्ने कुरा गणेशमान लाई बताएका थिए ।अहिले आएर त्यहि भरको छ। हाम्रो राष्ट्र को आन्तरिक मामिला देखि लाएर सीमा हस्तक्षेप अनि अतिक्रमण गर्न खोजिएको देखिन्छ ।

१ वर्ष अगाडि को कुरा हो भारत मा Dear comrade फिलिमको released भएको थियो। फिलिम को नाम मा कमरेड नाम सुन्दा पनि मनै चंगियो । DEAR COMRADE फिलिमको हल्ला सामाजिक संजालमा अनि साथी भाईहरुमा धेरै भएपछि मैले पनि हेर्ने निदो गरे ।
त्यसमा साच्चिकै एक कम्रेडको भुमिकालाई बाँधिएको छत्यसै चलचित्र को शब्द अनुसार- ” कुनै पनि समाज को व्यक्ति मा के ही गर्ने आँट हुन्छ र त्यो कार्य सम्पादन गर्न खोज्दा जीवनमा हरेक किसिमका बाधा उल्झन आउन सक्छन। ती उल्झनलाई पार लघाई दिएर वा साथको बाटो बनी उसको उदेश्य प्राप्ति गर्न मौका को सृजना गराउने निडर पन्थी व्यक्ति को रूप मा उभिने पात्र लाई कमरेड भनिन्छ ।

कमरेड त्यो हो जसले अरू को हक को लागि लड्छ स्वतन्त्रता को लागि अनि खुसी को लागि लड्छ र भीड मा सधै अगाडि उभिन्छ । हुन सक्छ उसले जीवन परित्याग गर्न किन नपरोस् सदा उभिन्छ बेथिति को बिरुद्ध । चलचित्र मा एक विद्रोही सच्चा ,अरू को हक हित का लागि समाहित हुन पर्ने खालको कुरा त्यस चलचित्र का पात्र कम्रेड सुर्येम बाट बोलेको देखिन्छ।

मेरो सामाजिक संजाल , फेशबुक , टुइटर , तिर कमरेडहरु देख्ने आश अनि मनसाय छ । म संग संजालमा खासै कमरेडहरु जोडिनु भएको त छैन परन्तु कसैको नाम को अगाडी कमरेड जोड्दा अनि उहाँहरूको लेखन शब्द सोचका पोस्ट पढदा उहाँ प्रति मेरो हृदय देखि लाल सलाम अनि अभिवादन को हात उठीहाल्छ।उहाँहरुको नाम पढ्न पनि मलाई गर्व लाग्छ । उहाँहरूको नाम संग मेरो मितेरी साइनो छ जस्तो लाग्छ ।

अन्तमा जो कमरेड हुनुहुन्छ तपाईं अझै “कमरेड” बन्ने कोसिस गर्नुस । जो हुनुहुन्न वहाँलाई “कमरेड” बन्ने हौसला दिनुस । समग्र नेपाल भित्रका “कमरेड” हरुले दिनु भएको आहुती जस्तै हरेकले हरेकलाई “कमरेड” बन्न लालायित गर्नुस ।

किनकी “कमरेड” शब्द भित्र आफैमा अत्यन्त मिठो बिम्ब छ । आफै बिद्रोही छ , आफै आधिकारिक छ अनि आफै प्रीय पनि छ आफै मा आत्मिय पन पनि छ । यसमा मलाई सशक्त युवा को बुलन्द पना को आभास हुन्छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव नरेश रेग्मी ज्यू को लेखअनि उहाँलाई देख्दा पढ्दा उहाँ मा मैले कम्रेड को छाप पाए को महसूस गर्न सक्छु। 

मलाई कुनै त्यस्तो हाल अतिरञ्जित राजनीतिक पार्टी तीर को भाबिय भन्दा पनि: त्यसमा जोडिएको अवज्ञाबाद र मार्क्सवादी ,वर्गसंघर्ष का बीच उत्पीडन समाज को परकास्त, समाजवादी, निरंगकुसबादी र यस्तै समाज मा रहेका बुलन्द समस्या को आवाज उठाउने अठोटता मा मेरो भाविय मन उत्कठा ले सलबलाइएको विचारमा आफू मा पाउँछु।
अभिवादन गौरव परिवार बैजनाथ ०५

 

प्रतिक्रिया