गौरव परियार
कति समय लायथ्यो ! र बुन्न ती सारा सपना !अवसान भइदिँदा रहेछन् कहिले काहीँ बनि घाउ विपना !
निदाउँदा देखिने सपना भन्दा पनि ननिदाउदा देखिने सपना हाम्रो वास्तविक जीवन हुने गर्छन, त्यो नै खास हुने गर्छन । त्यसमा पनि आत्मीयता र त्रास पूर्ण सिँढी का चरण हुने गर्दछन।
लक्ष्य पूरा गर्ने अठोट हामी सबै मा हुन्छं । ती प्रतेक लक्ष्य का पनि सिँढी हुने गर्दछन! पूरा सिँढी चढियो भने ,पूरा हुने हुन सपना ! खुड्किला हरू पनि हुने गर्छन त्यसलाई पार गर्न जान्न पर्छ। कुनै बखत लडिन्छ ! पछाडि पारिन्छ! असक्षमता मा पनि, गनिएर सात डाँडा पारी फालिन पनि सकिन्छं ! यसरी नै सपना को अवसान हुने हुन्।
सपना हामी सबैमा हुन्छं । आफ्नो लागि सोचेको सपना ,दोश्रो व्यक्तिको लागि तेश्रो हुँदै चौथो व्यक्ति सम्म हाम्रो सपना हुने गर्दछ। परिवार का लागि गरेका प्रत्येक देहेन् पनि सपना हुन् । आफ्ना काफ्ना लाई आफूले चाएको जीवन सँग जोड्न, पाइला बनिदिनु ! पनि सपना हुन ।
मेरा पनि सपना थिए होलान् र छ पनि ! के ही गर्छु ! बन्छु! तार्किक कार्य गर्छु! आमा बाबा द्वारा सजाइएका ती सपना का तस्बिर लाई वास्तविक विपना बनाई दिन्छु। समाज मा कद उच्च राखी कसैको प्रेरक बन्नेछु। सिकुन् न के ही! फलाना को छोरा बाट भन्ने थेगो म मा त्यो स्थान स्थापित गर्न चाहन्छु ।
विश्व समाज हाल बन्दा बन्दी को चपेटा मा परेको स्थिति मा छ। सबैका सपना हरू थिए , होला म यो गर्छु त्यो गर्छु, भन्ने तर मानव जगत का ती सबै सपनाहरु यस विषम परिस्थितिमा केबल एक नैराश्यता पनमा अट्कन गएको छ। व्यक्तिगत सामूहिक रूपमा रहेका हरेक सपना यो महामारीले क्षत बिक्षत गरिदिएको छ। म ती प्रगति शिल हात का कुरा गर्दैछु जसले भोलि को काम काज का हरेक सेडुएल बनाएर , राति निदाउने गरेका हुन्थे ।
म ती समाज को कुरा गर्दैछु जसले उत्प्रेरक जगाउने खालका श्रब्य दृश्य सामग्री नियालेर केही बन्ने आँट को सृजना गरेका थिए । लक्ष्य लाई सजाउँदा जिवन मा सपना देख्नु र त्यसको यसै अवसान हुनु कति सम्म को दुखाइ महसुस हुन्छं ,हामी कति कति बेला कल्पना पनि गर्न सक्दैनौं। हाम्रो मन पनि कहाँ सधैँ एकनासको हुँदोरहेछ र! कहिले शान्त रहने कामना, त कहिले बहकिने चाहना। कहिले एउटै कुरा मा अल्झिरहने त कहिले चरि झै सारा संसारको सयर गरिरहने। कहिले जमेको पानी बरफ झैँ स्थिर त कहिले बगेको खोलाझैँ सल बलाई रहन्छ यो मन। सायद विपना मा देखिने सपना र निदाउँदा को सपनाबीचको भिन्नता पनि यस्तै हुँदो हो।
यसो मनमा केलाउँदा हाम्रो जीवनको एक तिहाई हिस्सा कि सपना देखेर वा सपना देख्ने बहानामा बित्दोरहेछ। दुखाइ मा नै बित्दो रहेछ नैराश्य पना छाई भोलि को सपना लिई आजको विपना लाई चिरफार गर्दा मै जादो रहेछ।
विपनाका अधुरा कतिपय चाहना सपनाले पूरा गर्दोरहेछ। विपना मा रमाउन नसकेका ,हल गर्न नसकेका कुरा हरु सपना हरू ले पुरा गरिदिदा रहेछन्।वास्तवमा भन्ने हो भने विपनाभन्दा सपना अतिमीठो हुने है ! कहिलेकाहीँ आफैँ मरेको देख्दा पनि आफूलाई अनि वरिपरि का मानिसहरूलाई नियाल्न सकिने! कहिलेकाहीँ आफैँ रोएको देख्दा पनि। कसैलाई माया गर्दा पनि। कसैलाई रुवाएको देख्दा पनि मन रुने!
सपनामा अथक प्रयास अनि चाहना को उर्लदो भेल मा चुर्लुम्म ढुबि उत्रिदाँ कति आनन्द ,जसै गरी विपना पूरा हुँदा को क्षण भोग्न कमै पाइन्छ ।२१ औं सताब्दी मा आएर होला भाग्य मा विश्वास नगर्ने मान्छे ,तर पनि कर्मै त्यस्तै भएर होला ती खुड्किला चढने क्रम मा कतै भट्कियछु सायद ! कता कता त्यो चाहना अनि प्रयाश लाई सुम्सुम्याउँदै चिथोर्नेखोज्ने मान्छे को पनि मैले कमी भेटाइन। कलिलो उमेर देखि नै विलासिता का वस्तु हरू देखि टाढै रही परिवार साथीभाइ सँग हातेमालो गरी जीवन धान्दै हिड्ने क्रम जारी छ ।
जीवन कहाँ सजिलो छ र जिउन सपना लाई विपना मा परिणत न गर्नु थियो मलाई! तैपनि भुसिया हरू अनि हाँस्ने खेल्ने समय बालक काल को त्यो अतिरञ्जित तस्बिर अनि आवाज सम्झदा नी कहाली लाग्छ। । कहिले काँही सम्झिदा डर यस्तो लाग्छ कि ! त्यो उर्लदो भेल युक्त सपना उर्लेर भाव सँगै कहीं नहराउ । कहीं चल्ने ई मेरा कलम का पाइला नथ्मिउन। म धेरै पटक मरेको छु, सपनामा। रोएको छु, सपनामा। हाँसेको छु, मुस्कुराएको छु। सपनामै गुन्जायस पोखेको छु चिच्याएको छु कराएको छु । सागर रूपी आँशु मन का कुना कुना मा छालहरु नि छलकाएको छु। धेरै कुरा हरू सजाउदा जिन्दगी मा सपना देख्नु र तेसको कलिलो उमेरमा नै अवशान हुनु कुनै ठूलो कुरा रहेनछ। यश्पली को तीजमा पनि मनन गरेकै गाना हिट आको थियो” सोचे झैं जिन्दगी रैनछ ” मनै छोयो !
निश्चल ती सपनाको, मुटु रेटिएर टुक्रिएर हावा का गति अनि समुन्द्र का छाल जसरी मनमा उद्दण्ड भई यसरी जुर्मुराउ छन् की स्थायित्व पाउन नै गार्हो भई दिन्छ।मन तितर वितर भइदिने , कहिले चंगिदिने उडौं उडौ झैं हुने सायद उमेर कै प्रभाव होला के के गर्न मन लौनी!
सपना हरू बुन्न पनि बाध्य गराइन्छन्न ! अलिक उमेर नै त्यस्तै चञ्चल भएर होला सपना को सागर मा यसरी चुर्लुम्म डुब्न पुगिन्छ की कसरी निक्लने भन्ने सम्म पतो नहुने ! मन यसै बिथोलिने। ती सजाइएका पल का मौषम अनि खुस्बु पनि त्यै छ तर ,सपना सबै अचाना मा राखी चोइटा पारिसक्यो।
“युग अनि जुग अनुसार आफ्नो क्षमता ले भ्याए सम्म सपना देख्नु पर्छ बाबु” भनेर सानै देखि सुन्दै आएको छु त्यो भन्दा बढि देख्न लायशी लुटिन्छन् , छुटिन्छन, फुटाइन्छन । त्यस्ता सपना देखि विपना मा साबित गर्न हाम्रो बस् मा त हुन्छन परन्तु समय स्रोत साधन र क्षमता को कमि का कारण बिपनी मा परीणत गर्न असमर्थ रहन्छौ।
सपना निर्धारण त हामी सजिलै गर्न सक्छौ तेस्लाई पूरा गर्ने क्रम मा अलिकति पनि गडबडी भयो भने त्या त्यो सपना यसै विसर्जन गर्नु पर्ने हुन सक्छ।
पदस्थमा उभिन पुगेका सपनाहरु को अवसान हामीमा सपना पनि , कोशई को देखावटी रूपी जीवनमा आधारित भई वा वरिपरि समाजको सपना सजाई, विपना मा परीणत गर्न बेबश गराइन्छ ।
बढी अन्धभक्त हुनु अनि उत्प्रेरणा जगाउने माध्यम को चियो चर्चो गरी नाना थरी का सपना सजाई त्यस दिशा तिर निर्देश भई हुइकिनु पनि ठीक छैन ।
त्यहाँ हजुरले आफू बाहेक अरु सबै समाज मा भएका व्यक्ति लाई निकम्मा अनि बेबस देख्नुहुनेछ । तपाईं मा यति धेरै कन्फिडेन्स लेभल बढिसकेको हुन्छं की तपाईं आफू एक्लो मपाई मा मात्र सीमित हुनुहुनेछ । के ही घटना हरू सुन्ने अनि देख्ने गरेको पनि छु सपनाहरु अरू बाट सजाई उनीहरूमा टक्क सँग राखिएको हुन्छं बेबश हुन्छ ! काम छैन ! कुकुर झैं डुल्छ! थुक्क जिन्दगी! जस्ता अपशब्द प्रयोग ले कति चिथोरे का हुन्नन् । आफू भित्र सपना को बहाड त्यतिकै अनि बाहिरी कडीहरू ले पनि यसै गरी चिथोर्दा उडी जाऊ झैं हुने जिन्दगी ।
सानो हुँदा त्यै व्यक्ति सँग साना साना कुरा भए पनि कति खुसी लाउनी, ठूलो भए भन्दैमा त्यै साथी सँग वा व्यक्ति सँग ती बालापन को हरकत देखाउँदा हाँसो को पात्र बनिदिने , सपना सजाई त्यसको प्राप्ति मै खुसी हुने /प्राप्ति नहुँदा नैराश्य पन छाईदिने।
ठूलो भईम भन्दैमा ठूला ठूला लक्षित सपना पूरा हुनै पर्ने बाहिरी भावनात्मक अनि भौतिक कुरा को लोभ प्रलोभन मै बित्ने जिन्दगानी । हर एक पछि एक नयाँ सपना देख्न मै मस्त, हाम्रो समाज दुःखित र नैराश्य पन मा घुलीन गएको छ।
पूँजीवादी गाठ बोकेका समाज को कुनै अतिरञ्जित विज्ञापन युक्त आविष्कार , फेशन युक्त जीवन , उत्पादित वस्तु कुनै वर्गसंघर्ष को चपेटा मा परेका मध्यम अनि न्यून स्थर युक्त एक बालकबालिका वा समाज को लागि त्यो वस्तु एक सपना को सागर रूपी प्रोपागान्डा युक्त मूड मुडिएको सोख बन् सक्छ।
यो समय भनेको वर्ग संघर्ष युक्त समाज हो ।त्यसमा पनि नातावाद, कृपावाद ,जातिवाद अनि पार्टीवाद को समाज विकास भएको छ।जहाँ विभिन्न जाल झेल अनि नैराश्य पना मा घुलिन पर्ने हुन सक्छ। पूँजीवादी समाज मा धनी वर्ग धनी हुदै जाने क्रम र गरीब व्यक्ति झनै गरिबी को चपेटा मा पर्न जान्छन् । निम्न स्तर अनि मध्यम वर्ग का लागि सपना ,सपना मा नै सीमित रहन सक्छन ।
पूँजीवादी अनि वर्गसंघर्ष बीच उभिएको समाज मा निम्न मध्यम वर्गीय समाज को सपना ले खेप्न पर्ने तनाव रहित जीवन अनि ती प्रतिभाशाली अनि जोस को आगो उछेल्दै उर्जाशिल बनि हृदय मा नै चम्किलो उभार छाई दिने हिन्दी चलचित्र हो “PAREEKSHA ” यस चलचित्र ले निम्न वर्ग ले आफ्नो सपना लाई विपना मा परीणत गर्न कति सम्म को संघर्ष अनि सपना लाई विपना मा साबित गर्न पूँजीवादी समाज सँग कति सम्म लड्न पर्ने हुन्छ भन्ने कुरा को बोध गराएको देखिन्छ ।
कुनै सरकारी नियुक्ति का लागि ५०वटा को सिट मा १०००औं ले दिने आवेदन परीक्षा दिई, निक्लने नाम ५० जना मात्र हुन्छन। बाँकी सबै अपुरा अनि असछेमता मा गनिन्छन्। बाँकी का बिउतिदा को सपना सुरसारिएका निदाउँदा को सपना मा सीमित हुन्छन।
अहिले को हाम्रो पिढी विउतिदा को अधिक अनावश्यक सपना का कारण सुत्दा खेरी को सपना पाउन नै गारो भइसक्यो। उखान हालियो सधैं ” विउति दा को अतिरञ्जित सपनाले गर्दा , हामीले आफ्नो सपना लाई पूरा गर्न सक्छौ” । विश्वास अनि दृढ संकल्प बोकी बेला बेला उत्प्रेरणाको खेती बोकी केटो हिड्यो। तर , समय स्रोतका आभाव ले गर्दा मुण्डन भएका ती लक्षित सपना का कारण , सुत्दा खेरी को सपना पाउन िसलीपिङ ट्याब्लेट को प्रयोग गर्नु परिरहेको छ।
अन्ततः बालबालिका हरू सानै देखि सपना का भोगी हुन्छन।उनीहरु सँग मित्रवत भावनाको ब्यवहार देखाइ समस्या को तरो लाउने कोसिस गरौं । नत्र भने अनावश्यक पीडा महशुस गराउनु , पनि उनीहरूको सोच र सपना को अवसान गर्नु हो।
आजको शोक भोलिको भोक ! उर्लदो भेल सँगै उरलिजाने कस्तो योग!










