बाँके बर्दिया मैत्री समाज जापानको आयोजनामा स्नुकर च्याम्पियन सम्पन्न

टोकियो : बागेश्वरी गोल्डकप र अन्य ठुला प्रतियोगिता जापानको नेपाली समुदायबीच सम्पन्न गरिसकेको बाँके बर्दिया मैत्री समाज जापानले  पहिलो पटक जापानको नेपाली समुदायमा स्नुकर च्याम्पियन कार्यक्रम सम्पन्न गरेको छ ।

नोभेम्बर १४ र १५ तारिख स्नुकर लाउन्ज ८८४८ क्याफे सिनओकुवोमा सम्पन्न प्रथम नेपाल जापान स्नूकर च्याम्पियनशीप २०२० को बिजेतामा शुरेश गुरुङ र प्रतियोगिताको उपबिजेतामा माइकल गौचन हुनु भएको छ ।

स्नुकर लाउन्ज ८८४८ क्याफे सह आयोजना गरेको कार्यक्रमको संयोजकमा प्रशान्त तामाङ जानकारी दिनुभयो । उक्त स्नुकर च्याम्पियनका लागि काभ्रेली समाज जापान र नेपाल तामाङ समाज जापानले सहयोग गरेको आयोजना समितिका सदस्य सन्तोष पाण्डेले जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई गाउँले रेस्टुरेन्ट र शाही डाइनिङ् बारले प्रयोजन गरेको छ ।

बाँके बर्दिया मैत्री समाज जापानद्वारा जापानमा नेपाली समुदायबिच इतिहासमै पहिलो नेपाल जापान स्नूकर स्नूकर चैम्पीयनशीप २०२० प्रतियोगिताको आयोजना भब्य र शब्य रूप सफल र सम्पन्न हुन साथ, सहयोग र समर्थन गर्नु हुने सम्पूर्ण महानुभाव, संघ संस्था प्रति हार्दिक आभार साथै सहभागी सम्पूर्ण खेलाडी साथीहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दै फेरी पनी यस्तै अतिरिक्त खेलकुद र मनोरंजनको गतिबिधी र कार्यक्रमहरु गर्दै सामाजिक र भौतिक रूपमा जापान निवासी नेपालीहरूलाई सक्रिय र गतिवान बनाई राख्ने बाके बर्दिया मैत्री समाज जापानका अध्यक्ष सुशील मल्लले उद्घोष गरेका  छन् ।

प्रतिक्रिया