उत्सव सिजाली मगर
नेपालगन्जमा भएको आजको प्रदर्शन के का लागी ? हिन्दु राष्ट्र नेपाल वा राजसंस्था पुनःस्थापन ? यो आज देखिएको दृश्य पछि सोच्नुपर्ने बेला भएको छ ।
मैले नबुजेको हो या जनताले नबुझेका हुन् थाहा भयन तर हिन्दु राष्ट्र नेपाल र राजसंस्था नितान्त फरक बिषय हुन ।
“हिन्दु राष्ट्र नेपाल” हुनु पर्छ यसमा दुई मत छैन तर “राजा आउ देश बचाउ” राजसंस्था पुनःस्थापनाको बिषयमा हाम्रो फरक मत छ । हामी हिन्दु राष्ट्र नेपालको परिकल्पना गर्छौ र त्यसैका लागि ज्यान दिन समेत तत्पर छौ तर आजको हिन्दु राष्ट्र नेपालको माग सहितको प्रदर्शनमा हिन्दु राष्ट्र नेपालको बिषय गौण बनाएका छन् त्यो पनि केही दलगतको स्वार्थको कारण ।
आजको प्रदर्शन स्वतस्फूर्त थियो, सरकारको असफलता र हिन्दु राष्ट्रको माग प्रती थियो तर राप्रपा र मेयर राणाले राजनैतिक स्वार्थ सिद्ध गर्न हिन्दु राष्ट्र नेपालको मागलाई गौण बनाए ।

यदि यो देशमा राजा ल्याउने नै हो भने जनतालाई स्पस्ट संग भन्न सक्नु पर्यो कि को हो त राजा ?
होईन भने खाली जनतालाई भ्रममा पार्ने र आन्दोलनलाई मोड्ने काम बन्द गर्न पर्छ ।
हाल देशमा दुई वटाको मुद्दा चर्कि रहेको अवस्था छ । पहिलो त सबै नेपालीको माग र इच्छा रहेको हिन्दु राष्ट्र नेपाल र दोस्रो राज संस्था पुनःस्थापन ।
तर यिनै दुई वटा फरक मुद्दालाई मिक्स गरेर केही दलगत भ्रष्ट घुसपेठियाहरुले आफ्नो जनमतमा राजा ल्याउन नसक्ने तर हिन्दु राष्ट्रको लागी निस्किएको जनमतलाई प्रयोग गरि उनिहरुको भावना संग खेली राजा आउ देश बचाउ भन्न थालेका छन् , जुन आज नेपालगन्जमा देखियो ।
वाह रे तिम्रो राजनिती ।
जयनेपाल ! जय हिन्दु राष्ट्र नेपाल !










