नेपालगन्ज मेडिकल कलेजले थप भेन्टिलेटर सहितको आई-सी-यु- वार्ड सञ्चालनमा

के पी घिमिरे, नेपालगन्ज : मध्य र सुदूरपश्चिम क्षेत्र हालको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको रेफरल सेन्टरको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले थप आईसियु र भेन्टिलेटरसहितको थप वार्ड विस्तार गरेको छ ।

कोरोना वाहेकका अन्य विरामीहरुको उपचारलाई समेत ध्यान दिएर अस्पतालले नेपालगन्ज अस्पतालमा र कोहलपुर स्थित शिक्षण अस्पतालमा आइ-सि-यु बेड संख्या, भेन्टिलेटर र उपकरणहरु बृद्धि गरेर क्षमता विस्तार गरीएको अस्पतालले जनाएको छ ।

नेपालगन्जमा २० वटा आई- सी- यु- बेड सङ्ख्या र ७ वटा भेन्टिलेटर थप गरीएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का सहायक निर्देशक डा- नितेश कुमार कानोडियाले बताउनुभयो । नयाँ सञ्चालनमा ल्याएको आईसियु वार्डको मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल समशेर राणाले संयुक्त रुपमा उद्धघाटन गरेका छन ।

कानोडियाका अनुसार यसअघि २६ बेड आइ- सी यु र ७ वटा भेन्टिलेटर रहेको नेपालगन्जमा २० वटा आइसियु बेड थपेर ४६ बेड पुर्याईको छ भने थप ७ वटा भेन्टिलेटर थपेर १४ पुर्याईएको छ । त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा ३२ वटा आइसियु बेड थप गरेर ५२ पुर्याएको र एउटा प्रोटेवल भिडियो एक्सरे (अल्ट्रासाउन्ड ) र ४ वटा भेन्टिलेटर थप गरेर भेन्टिलेटरको संख्या १० पुयाईएको छ ।

आइ- सी- यु र भेन्टिलेटरको संख्या थप गरिएपछि विभिन्न रोगका कारण गम्भिर रुपका विरामी भएकाहरुलाई बाहिर रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालका आइ-सी- यु विभागका ईन्चार्ज डा. आसिम किदवाईले बताउनुभयो ।

अस्पतालले कोरोना संक्रमितहरुको उपचार सेवालाई थप प्रभाबकारी बनाउन सहज होस भनेर शिक्षण अस्पतालमा पि-सि-आर ल्याब संचालनमा ल्याएको डा- कानोडियाले बताउनुभयो । संक्रमित बिरामीहरुको उपचार गर्ने क्रममा शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरु, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सहित हालसम्म १ सय ७३ जना संक्रमित भइसकेको उहाँले बताउनुभयो ।

कोरोना महामारीको लडाइँमा संक्रमणकै कारण कलेजका २ जना कर्मचारीको मृत्यु भईसकेको छ । कोरोना कहरको जटिल र संबेदनशिल अबस्थामा पनि अस्पतालले कोरोना संक्रमितहरुको उपचार लगायत प्रसुती सेवा, इमरजेन्सी, डाइलासियलगायत बिभिन्न रोगको उपचार तथा शल्यक्रिया सुबिधाहरु उपलब्ध गराउदै आएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा रुपन्देहीको भैरवा मेडिकल कलेजबाट कोभिड १९ संक्रमित बिरामीको रिफर गरेकोमा सफल शल्यक्रिया गरेर उपचार गरेको कानोडियाले बताउनुभयो । अस्पतालको नयाँ आई- सी-यु- वार्ड उद्घाटन कार्यक्रममा अस्पतालका निर्देशक डा- एम किदुवाई, अस्पतालका सहायक निर्देशक डा- रोमन किदुवाई, डा- आसिम किदुवाई, न्युरो सर्जन डा- जोसन न्यौपाने, डा- अलवान राई, डा- सौरभ ढकाल, प्रशासन प्रमुख कुमार अधिकारी, मेट्रोन ममता शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया