बर्दिया जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने प्रतिबद्धता

बर्दिया : स्वास्थ्य कार्यालय वर्दियाको आयोजनामा जिल्ला स्थित सरोकारवाला तथा स्थानिय तहका पदाधिकारीहरुलाई पुर्ण खोप सुनिश्चितता सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति, बर्दियाका प्रमुखश्री शंकर प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य माननिय तिलक रामशर्मा, माननीय कुल प्रसाद पोख्रेल, माननिय कबिराम थारुको उपस्तिथी रहेको थियो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगाएत वर्दिया जिल्लाका ८ स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्थानियतहका स्वास्थ्य शाखाका प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री माननिय सुर्दशन बरालले भर्चुअल माध्यमबाट सम्वोधन गर्दै लुम्विनी प्रदेशका ४ वटा जिल्लाहरु बर्दिया, बाँके, कपिलवस्तु, पुर्बि रुकुम जिल्लालाई यस आथिक वर्षमा पुर्ण खोप जिल्ला घोषणा गर्ने योजना रहेको र त्यसको लागी प्रदेश सरकार बर्दिया जिल्लाका स्थानिय तहलाई आवश्यक सहयोग गर्न प्रतिवद्द रहेको कुरा वताउनु भएको थियो ।

कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय, वर्दियाका प्रमुख गोकर्ण गिरीले गर्नु भएको थियो, उहाँका अनुसार हाल बर्दिया जिल्लाका २ वर्ष मुनिकावच्चाहरु मध्य वि.सि.जि. खोप ७९ प्रतिशत, डि.पि.टि. हेपाटाईटिस हिपवि.७६ प्रतिशत, पि.सि.वि.७८ प्रतिशत, दादुरा रुबेला ७५ प्रतिशत र जापानिज ईन्सेफलाईटिसको खोप ८० प्रतिशत वच्चाहरुले पाएको देखिन्छ भने नेपालमा ७८ प्रतिशत वच्चाहरुले मात्र पुर्ण खोप पाएको नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ । कार्यक्रममा स्वास्थ्य प्रमुख गिरीले वर्दिया जिल्लामा पौष, माघ, फाल्गुण महिनामा १५ महिनामुनिका सवै वच्चाहरुलाई खोज्दै खोप लगाउने अभियान संचालन गरिने चैत्र महिनामा खोप नलगाएका वच्चाहरु छन छैनन भनि सर्वेक्षण गरिने र छुट भएकालाई पुन खोप लगाईने र वैशाख महिनामा खोप महिना विशेष अभियान नै संचालन गरि सबै वच्चाहरुले खोप पाएको सुनिश्चितता गरि २०७८ बैशाख महिनाको अन्तसम्म वर्दिया जिल्लालाई पुर्णखोप जिल्ला घोषणा गरिन लागेकाले यस अभियानमा सबैलाई सहयोगका लागि आव्हान समेत  गरेका थिए ।

कार्यक्रमको समापन गर्दै जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख श्री शंकर प्रसाद थारुले कार्यक्रममा उपस्थीत सम्पुर्ण व्यक्तीत्वहरु जिल्लाका महत्वपुर्ण जिम्वेवार व्यक्तीहरु भएको र पुर्ण खोप अभियानमा सबैको सहयोग अपरिहार्य रहेको र बैशाख महिनाको अन्त सम्म वर्दिया जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न आफु जुन सुकै प्रकारको सहयोग गर्न तयार भएको र पुर्ण खोप अभियान सफल पार्नका लागी सवैलाई प्रतिवद्दता पत्रमा हस्ताक्षर गर्न समेत आह्वानगर्नु भएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय, वर्दियाका खोप कार्यक्रम तथा कोभिड -१९ फोकल पर्सन नरेश श्रेष्ठले गर्नु भएको थियो ।

त्यस्तै स्वास्थ्य कार्यालय वर्दियाको आयोजनामा भएको पूर्ण खोप अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठिवाट हामी राजनीतिकदल, संसद ,जिल्ला समन्वयप्रमुख ,स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा प्रमुख यही २०७८ वैसाख मसान्त सम्म  सवै स्थानीयतहहरुले पूर्ण खोप निर्देशिका वमोजिम पूर्ण खोप घोषणा तथा सुनिश्चितता गरी  जेष्ठ मसान्त सम्म वर्दिया जिल्लालाइ नै पूर्ण खोप जिल्ला घोषणा गर्ने छौ। साथै हरेक वर्ष पूर्णखोप  दिगोपनको कार्यक्रम गरी प्रत्येक स्थानीय तहका साथै वर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चततागर्न प्रतिवद् छौ। भनि सबैले प्रतिबद्दता जनाएका थिए | 

प्रतिक्रिया