चीनमा कोरोना संक्रमितलाई उपचार गरेका डाक्टरकै मृत्यु

एजेन्सी :

चिनमा कोरोना भाइरस लागेका संक्रमित बिरामीको उपचारमा सक्रिय एक जना डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरस लागेपछि हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

यो सँगै हालसम्म चीनमा उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ । त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ । 

वुहान सहरमा कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्नका लागी नयाँ अस्पताल निर्माण गरिँदै छ ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ । त्यसका लागि धमाधम काम भइरहेको बताइएको छ।

यो परियोजनाले ‘हाल विद्यमान स्रोतहरूको अभावलाई सम्बोधन गर्ने छू र यो ‘छिट्टै बन्नुका साथै धेरै लगानी लाग्ने छैन किनकि यो प्रिफ्याब भवन हुने छ,’ चान्गजीयाङ पत्रिकामा भनिएको छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ ।

फ्रान्समा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिइरहेको छ। मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसको अचुक औषधी पत्ता लागिसकेको छैन।

प्रतिक्रिया