नेपालगन्ज : लामो समयदेखि कोभिड- १९ का कारण सञ्चालनमा नआएको ब्रोनोस्कोपी सेवा नेपालगन्ज मेडिकल कलेजमा सुचारु भएको छ ।
बरिष्ठ फिजिसियन तथा पल्मोनोलोजिष्ट डा- सुभाष योगीले विगत १ हप्ता देखि पिसिआर नेगेटिभ बिरामीहरुलाई नियमित सेवा दिएको बताउनुभएको छ ।
टाढा टाढाबाट उपचार गर्न आएका बिरामीहरुलाई त्यत्तिकै फर्काउन मनले नमानेपछि सेवा सुचारू गरेको डा- योगीले बताउनुभयो ।
ब्रोनकोस्कोपी मार्फत फोक्सो सम्बन्धी सम्पूर्ण जाँच दूरबीन प्रविधिबाट फोक्सो भित्र खकार जमेको, निमोनिया, टी.बी., खकारबाट रगत आउने, तथा फोक्सोको क्यान्सर वा अन्य फोक्सो सम्बन्धी रोगको बारेमा सजिलै पत्ता लगाउन सकिने डा- योगीले बताउनुभयो ।











