अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या, यस्तो छ कारण !

एजेन्सी :

अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

भारतीय केबल च्यानल स्टार प्लसको ‘दिल तो ह्याप्पी हे जी’ सिरियलमा सिम्मी खोसलाको भूमिका निर्वाह गरिरहेकी उनको मृत्युको खबरलगत्तै भारतीय कलाकारहरूले उनीप्रति शोक प्रकट गरिरहेका छन् ।

यस सिरियल बाहेक उनले विभिन्न विज्ञापनमा पनि काम गरेकी छन् । उनले अमिर खानसँग भिभो फोनको विज्ञापनमा काम गरेकी थिइन् । त्यस्तै उषा पंखाको विज्ञापनमा उनी क्रिकेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् ।

‘उनले आत्महत्या गरेको खबर आएलगत्तै खटिएको प्रहरी टोलीले उनको घरमा सुसाइड नोट भेटाएको थियो ।

सो सुसाइट नोटमा नीजि कारणले आत्महत्या गर्न बाध्य भएको लेखिएको छ । उनी डिप्रेसनमा रहेको जानकारी परिवारका सदस्यहरूले गराएका थिए,’ भारतीय प्रहरी निरिक्षक सन्दीप कदमले भने । शर्मा वेभ सिरिजहरूमा पनि देखिएकी थिइन् ।

प्रतिक्रिया