‘सेल्फी किङ्ग मेरा लागि महत्त्वपूर्ण छ’- नायिका वर्देवा

काठमाडौं :

सेल्फी किङ्ग मेरा लागि महत्त्वपूर्ण छ । नायिका वर्देवा

चलचित्र सेल्फी किङ्ग यहि माघ २४ गतेदेखि प्रदशनमा आउदै छ । टिम यतीबेला चलचित्रको प्रचार प्रसारमा निकै ब्यस्त छन् ।

भर्सटायल अभिनेता विपिन कार्की र उनको श्रीमतीको भूमिकामा अभिनेत्री लक्ष्मी वर्देवाल देखिनेछिन् भने चलचित्रमा भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

रिलिज मिति नजिकिदै गर्दा नायिका लक्ष्मी वर्देवा चलचित्रलाई लियर निकैनै आशाबादी छिन् । वर्देवा भन्छिन -‘हरेक चरीत्र कलाकारको लागि आ आफ्नै तवरले महत्त्वपूर्ण हुन्छ।’

यो फिल्ममा साच्चै भन्नू पर्दा मेरो चरीत्रलाई लिएर भन्दा पनि सम्पुर्ण चलचित्रलाई नै लिएर म आशाबादी छु।

सेल्फी किङ्ग मेरो लागि महत्त्वपुर्ण हुनुको कारण चलचित्र को स्कृप्ट र मेरो टिम जोडिएका छ । म ढुक्क छु कि मलाई र चलचित्रलाई दर्शकले मिठो साथ दिनुहुने छ ।

चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । उनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका हुन् ।

दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको चलचित्रमा प्रवल कोइराला र राजेश बिसुराल चलचित्रका सह-निर्माता रहेका छन् ।

प्रतिक्रिया