नेपालगन्ज :

बाँकेको जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार राष्ट्रिय हात्तिपाईले (फाइलेरिया) रोग नियन्त्रण कार्यक्रम २०७६ को स्थानिय स्तरको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
जानकी गाउँ पालिका प्रमुख राम निवास यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी जानकी गाउँपालिकाका उप प्रमुख भुमिसरा धिताल रहनुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले जानकी गाउँपालिकाले हात्तिपाईले रोग निवारणको लागी सबैले आ-आफ्नो स्थानबाट मिलेर काम गर्नुपर्ने बताउनुभयो । जिल्ला जनस्वास्थ्यको आकडा अनुसार पुछार बाट दोस्रो नम्बरमा रहेको गाउँपालिका रहेकाले पनि सबै चुनौतीका बिच हात्तिपाईले रोग निवारणमा लाग्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँ पालिका प्रमुख राम निवास यादवले चुनावमा हामी जसरी लागि परेका थियौ त्यसरी नै हात्तिपाइले रोगको औषधि खुवाउन लागि पर्ने हो भने यो बर्ष नै हामिले हाम्रो उदेश्य प्राप्त गर्ने बताउनुभयो ।
साथै ,जसरी जिल्लाले गाउँपालिका स्तरीय डाटा निकालेको छ त्यसरी नै वडा स्तरिय डाटा निकालेर राम्रो प्रगती गर्ने वडालाई पुरस्कर प्रदान गर्ने समेत बताउनुभयो ।
अध्यक्ष यादवले भने – यो कुनै ठूलो कार्य होईन किनकी आजको दिनमा सबै अशिक्षित छैनन् , मात्रै हामिले मेहनत धेरै गर्नुपर्ने छ र सबै जनप्रतिनिधि , राजनीतिक दलका सदस्य ,प्रतिनिधि , कर्मचारी सबैले मन देखि काम गर्नुपर्ने हो भने यो बर्ष नै उदेश्य पूरा हुने बताएका छन् र त्यसका लागि गाउँ पालिकाले बजेटको लागी कुनै कन्जुस्याइँ नगर्ने समेत बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अन्तरगतका वडा अध्यक्षहरुले हात्तिपाईले रोग निवारणको लागि एकेबद्दता जनाउदै आ-आफ्नो वडामा जनप्रतिनिधिले मेहनत गर्ने हो यो कुनै ठूलो समस्या नरहेको समेत बताएका थिए ।
कार्यक्रममा गाउँ पालिकाका सामाजिक बिकास संयोजक – प्रेम बहादुर लामा , जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन दुर्गा गौतम , जनप्रतिनिधि तथा गाउँ पालिका अन्तरका स्वास्थ्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रम टामलाल बेल्बासेले संचालन गरेका थिए ।









