हेमन्त शाही, नेपालगन्ज : नेपालगन्जको रामारोशन मेडिकल हलले बालबालिकाहरुको लागि एक दिने निशुल्क स्वास्थ्य सिविर आयोजना गरेको छ ।

निशुल्क स्वास्थ्य सिविरमा नेपालगन्जको प्रयास फाउन्डेसनमा आवद्ध बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य परिक्षणमा प्रयासमा आवद्ध २४ जना बालबालिका सहभागी रहेको आयोजकले जनाएको छ ।

स्वास्थ्य शिविरमा माइग्रेन, सिजनल फ्लू, टङ्सिल, कुपोषण जस्ता समस्याहरुको परिक्षण गरेर औषधि प्रदान गरिएको थियो भने एक दिने निशुल्क स्वास्थ्य परिक्षणमा डा. बिष्णु कुमार थापाले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

प्रयास मिस नेपालगन्ज २०१९ को विजेता सन्ध्या शाहले संचालन गरेको फाउन्डेसन हो , जसले आर्थिक अवस्था कमजोर रहेको बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र उनीहरुलाई आवश्यक सहयोग प्रदान गर्दै आएको छ ।















