‘4G ko Speed” भिडियो सार्वजनिक

काठमाडौ :

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा गायक तथा मोडल गणेश साउद जिसिको आवाज तथा अहिले का चर्चित युवा र्यापर कार्की जिको र्‍याप समेटिएको “नया गीत ‘4G ko Speed” बुधबार सार्बजनिक भैसकेको छ ।

भिडियो गणेश साउद जि सि को अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो।

गायक जिसिको शब्द रचना तथा संगीत रहेको गीत मा सुमन के सि को संगीत संयोजन रहेको छ ।

यस गीतको म्युजिक भिडियो मा युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरियोग्रीफ रहेको छ। भिडियोमा मिलन बिस्वकर्माको सम्पादन रहेको छ भने नरेश ऐरको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा करिश्मा ढकाल,गणेश साउद जि सि र र्‍यापर कार्की जि को अभिनय रहेको छ। पछिल्लो समय युवाहरुमा चर्चित हुन सफल गायक गणेश साउद जिसिले यस अघि विभिन्न गीत तथा रचनाहरु बजारमा ल्याइ सकेका छन ।

प्रतिक्रिया