नेपालगन्जमा चौथो शारीरिक सुगठन प्रतियोगिता चैत २० देखि

नेपालगन्ज : चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिता चैत २० गते देखि नेपालगन्जमा आयोजना हुने भएको छ ।

बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ नेपालगन्जको आयोजनामा  प्रतियोगिता चैत २० र २१ गते नेपालगन्जको रंगशालामा हुने भएको हो ।

प्रतियोगिता ६ वटा समुहमा खेलाउने आयोजकले नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ   जसमध्ये ५५, ६०, ६५, ७०, ७५ र ७५ माथिका वजन समूह रहेको छ ।

त्यस्तै प्रतियोगितामा एउटा क्लब , संघ-संस्थाबाट एउटा वजन समुहमा बढिमा २ जना गरेर १२ जना खेलाडी र एकजना ट्ज्म मेनेजरले सहभागीता जनाउन सक्ने
आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।

खेलकुद स्वास्थ्य संग नै जोडिएकै हुनाले प्रतियोगिता कोरोनाकै कारणले स्थगन नहुने र सम्बद्ध सबै निकाय संगको छलफल पछि नै प्रतियोगिता संचालनको निर्णय लिएको आयोजकले जनाएको छ । साथै आयोजकले सबै खाले स्वस्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता आयोजना गरिने बताएको छ ।

प्रतियोगितामा वजन समूह चरणको पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश संवरण पदक सहित ५ हजार, रजत पदक सहित ३ हजार र कास्य पदक सहित २ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगिताको उपाधी विजेतालाई नगद २० हजार सहित ट्रफी, प्रमाणपत्र र ब्यानेटले सुसज्जित गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया