गौरव परियार : पार्टी अनि दल बीचको आपसी अपनत्व ले गर्दा नै नेपाल शान्ति र समृद्धिको बाटोमा उभिन सकेन । राजनीतिमा लाग्ने मुखुण्डेहरू जति भए, त्यसको ०.५%पनि असल राजनितिज्ञ बन्न सकेनन् । जति पनि राजनीतिमा उठ्न गय, तीनमा पनि आैलाँ भरी गिन्ती गर्न नमिल्ने असल राजनितिज्ञ पाएँ।
आज अवशोषको कुरा के छ भने देश र जनता मारिरहेको बेला नेतृत्वकारी, बिचौलियाहरू व्यक्तिगत कुर्सी एबम् पार्टी बचाउनमा जतिको तिगडम गरिरहेका छन् त्यो कुनै मानव नरसंहारकारी पूर्ण कार्य भन्दा कम छैन । जुन एकदमै प्रत्यक्षकारी हरण हो ।
सोच्दथे तमाम समाजमा आज राजनैतिक यात्रा प्रतीकाे वितृष्णा पलाउनु कारण के रहेछ ? कुन कुरामा चुक खान पुगे र देश बासी आज राजनीति अखडा मा हिँड्न खोज्दा किन गिल्छन र गील्याउछ््न? किन आज सम्म राजनीतिक चलचित्र मा पनि, लुट एबम् भ्रष्टाचार र आफ्नै रामाराज्य शक्ति प्रस्तुत गरिन्छ? लाग्दथ्यो सबै झुट हुन्। यी सबै राजनीतिक गतिविधिमा नराम्रा छाप पार्न खाल का खोक्ला आवरण हुन । तर रैनछ! आज सब रियालिटी शो देख्न भोग्न पाइराखिएको छ । जनताका खुन चुस्ने र ब्यक्तिगत स्वार्थमा सोझा साझा जनतालाई आफ्नो हातमा नचाउने र मुठीमा कति बेला कसेर मानवता हरण गर्ने भन्ने कुराको , यिनमा तैजुब व्यायविचार ,डरलाग्दो मुखुण्डो वडेका प्यादा भन्दा कम वृत्तान्त रहेनछ ।
मुखुण्डो भन्ने बित्तिकै हामी यस्लाई एक रूपमा मात्र नराखी फरक फरक दृश्यमा देख्न, भेट्न ,खोज्न र स्पर्श गर्न सक्छौं।
त्यो काल थियाे जुन कालमा यहि गाउँ समाजबाट स्थापित भएका नेतृत्वकारीका मुखुण्डा एक्दमै सरल , मनकारी , क्रान्तिकारी ,सदभावना युक्त थियाे। त्यति बेला गाउँ समाज अनि राष्ट्रिय हितका अजेन्डाहरू बोकिएको थियो र जनस्तरमा पनि लोकतान्त्रिक गणतन्त्र प्रती निकै विश्वास थियो।
अलिक माथि गयसी उनिहरुकाे मुखुण्डोमा परिवर्तन भयो जसमा शक्तिको घमण्ड र स्वार्थी तुक पाइयो। त्यो भन्दा पनि माथि जाँदा त आज आन्तरिक तथा बाह्य भ्रस्टाचारी, कालाबजारी , दलाल तथा लुटका तस्बिर देखिन थालियो । हेपाहा चेपहा बोल्ने कला कौशल सिकेका छन । बिम्बमा सबै हरण गरिसकेका हुन्छन् ।बस् शब्दजालमा जलप भरिन्छ। नेतृत्वकारी पनि यस्तो भइदिए कि भाषिक एबम् आगामी दिनमा कसैले बोल्ने आँट नै नगरोस्। अझ तिच्ण भाव युक्त थुतुनो , अभिभावकत्व र बोलीमा मिठास नै छैन ।
अझ विकासमा विचार घुस्याएर आफ्नो अपनत्व जनाउन खोज्नेकाे हैकम मा हा ! मा हा ! मिलाउने पाण्डुहरू नि चिलाउने र तलवा चाट्ने बिजुला झैँ सल्बलाएर तँ तँ र म म काे कुस्ती खेलिरहेका हुन्छन् ।
यिनी हरुको काम नै यही होकी, हग्दिए खाइदिने ! नहगे हजुरियाकाे पाशो हाली आफ़्नो नजर ति हैकमवादीमा पारिदिने । यस्ता हैकमवादी र उनिहरुकाे तलवाको हाई हाई गर्ने समाज लाई झटारो हनौ। नाकी आफू बाट दबिएको सास पोख्दा, उनीहरूमा आफ्नो आवाज दविएको प्रदर्शनी गर्दा झन् वोंझेलमा परिनेछ।
यस्ता हाई सित्ती ! जस्ले अरुको दायरा बुजि नबुझि आसे-पाशेलाई गिल्ल्याउने हस्याउने र आफुमा निवृत साशन प्रदशन गर्नेहरू आफुमा परिआउँदा विकासमा आआफ्नो ठाउँ वोगटी सोझा साझा जनतामा चोटिला विचार घुस्याई पाण्डुहरूलाई खुब सन्तुष्टि पैदा गरिदिन्छन्।
जुन एक्दमै लाजकाे निधि छ । व्यक्तिगत मोहमा रम्ने र सामूहिक रूपमा आफ्नो स्वतन्त्रकारीभावको दृष्टी देखाइदिने समाज अबका ठुला पिचासुहरू हुन् । हमकेर दमकेर अबका पिढीहरू चल्दैनन बराबरीकाे भाव हुन पर्छ एकलौटी होइन सामूहिक हुन पर्छ ।
नेतृत्वकारी भनेको घरको मुली झैँ गाँउ समाज र राष्ट्रको मुली हो। जो देश र जनता मा सदैव जिम्मेवारी उत्तरदायी र कर्तव्यपरायण हुनुपर्छ।
मुखण्डोको विशेष रुप हुँदैन यो टाइम टु टाइम फेर बदल भइरहन्छ ।
आज त्यै भइरहेको छ नेतृत्व गर्न पठाइएका मुखुण्डेहरू पुराना मुखुण्डो लाई बिर्सिंदै चलेका छन् । उनीहरूमा नयाँ नयाँ मुखुण्डोकाे अविष्कार भई रहेको छ । तर कति सम्मकाे चाप पार्ने हुन् एकिन गर्न सकिँदैन।
मुखुण्डोबाजीहरूको अन्त्य निश्चित छ । जुन् मुखुण्डामा उनिहरुको दाहसंस्कार तमाम जनताहरुले गर्ने छन्।
“राजनीति एक सेवा हो” भन्ने भावबाट निर्माण भएको पार्टी दल अनि संगठन हाल दलाल अनि लुटको खेती गर्न मचिएका छन् । व्यक्तिगत अवसरकाे पर्खाइमा बसेका प्यादाहरू बेला बेलामा हात साफ गरिरहेका छन् ।असल राजनीतिज्ञ भनेको देश र जनतामा समर्पित भई सेवा गर्नु र उनीहरूको लागि सकारात्मक नेतृत्वकारी बन्नु हो।
सरकार अब सरकार रहेन नेता नेता रहेनन् । यस्तो विश्व महामारीमा पनि, जनतामा स्वास्थ्य सामग्री , खाद्यान्न एवम् सुरक्षा अबलम्बन गर्नू काे साटो पार्टिय कुर्सीको अंकगणित तजुर्बा भागबन्डाको खाका कोर्नेमा समय अनि विचार खर्चिने मुखुण्डे हरुलाई कुन नाउँ दिउँ।
केन्द्र देखि गाउँपालिका हुँदै वडासम्मको स्थानीय सरकारको अनुभूति नहुनुमा दलाल हरुकै हात रहेको छ । जसमा दुई चारवटा न्यायधीशका तर्किला भाषाकाे साथमा स्थानीय सरकारकाे नेतृत्व गर्न चलेका छन्। उनमा तर्क गर्ने शैली र शक्तिकाे बहाड थोपरिएको छ। शक्ति हस्तान्तरण एक्दमै सिस्ट्मेटिक छ जुन कमिसन र दलालगिरीमा नै देशकाे पूँजी दोहन भएकाे छ ।
शक्ति र श्रोतका आधारमा यहाँ राजनीति चलखेल चल्छ । भावनात्मक रुचि देखाई सरकार कुनै हालतमा चलेको छैन। एकले अर्कालाई ! दल मा भाव होइन तर्क र हटी हुनुपर्छ । जुन खेलमैदान , रत्योल पनि हुन सक्छ, यस्ता कुविचारले त नेतृत्वकारी उभिएका छन् । जहाँ तमाम राजा हरूको मौजूदिमा पनि यसरी प्रजाहरूको नीहत्तामा ज्यानको बलि दिइनुमा हामी तमाम प्रजा बासी सरकार प्रती बडो निन्दाकाे हाली मुहाली गर्दछौ। विषम परिस्थितिकाे फाइदा उठाई जनताहरूको ज्यानमा खेलवाड गर्ने यी भ्रष्ट नेता काे पतन हुन जरुरी छ । विभिन्न विषयका अजेन्डा ल्याइ जनताहरु लाई भ्रमित पारी आफ़्नो चाल बाज चाल्ने यिनीहरूको मुख्य पेसा नै बन्ने गरेको छ ।
पहिलाे कोरोना लहरको तुलनामा दोश्रो लहर एकदमै डरलाग्दो बन्दै गएको र संक्रमित दर, मृत्युदरकाे चुलि चढने क्रम जारी छ । जनताहरुले सित्तैमा पाउनुपर्ने स्वास्थ सामग्री पनि कालाबजारी र लुटतन्त्रे पाण्डुहरूले आफ्नो खेती अनी फसलका रुपमा , आफूमा भित्र्याउने गरेका छन् ।
५% स्वास्थ्य सामग्रीको उपभोग रहेको र बाँकी कोरोना संक्रमित घरमै सेल्फ आइसोलेशन आफ्नो उपचारमा निवृत छन् । शक्ति र पहुचकाे खेल चलेको छ । यहाँ सरकारले अक्सिजनकाे सिलिन्डर आइसोलेशन कक्ष , भेन्टिलेटरकाे कमीले गर्दा जनताहरूलाई मारेको छ । त्यसमा पनि शक्तिका आडमा दलालगिरी मचाई रहेका छन्। जुन एक्दमै निन्दनीय छ।
मानवीय नरसंहार पूर्ण महामारीमा लुट र फुटका कारिन्दा बोकेर नेताहरू कुर्सीकाे मजबुतीकरण गर्न, कहिले यो ढोका त कहीले त्यो ढोका ढक्ढक्याउनमा ब्यस्त अनि माग्न छन् ।कुर्सीमा थिचिएका र हाइफाईका लागि कोरोना एक आवसर बनेको छ । खोक्रो मानवता र पब्लिशका माध्यम बनेको छ। विश्व महामारीले रोइरहेको छ। राजनीतिक तिगडम बन्द गरौं , हालकाे योे महामारी सँग जुध्न प्रयत्न गरौँ।
यो विषम परिस्थितिमा प्रम ज्यूकाे पद खुस्क्याएर झन् राजनीतिक अस्थिरता पैदा हुन्छ । केही समयका लागी भिन्न भिन्न नेतालाई प्रमकाे वहदामा उभ्याइन्छ र राजनीतिक हलचल निश्चित छ।कोभिडलाई सहज नसम्झिउ जसले यतिका व्यक्ति परिवार अनि समाजको निर्ममता पूर्ण हत्या गरिदिएको छ । र त्यो हरणमा सरकार बिल्कुलै मौन छ ।
यो समय भनेको स्वास्थ्य चिकित्सा र जनताको खाद्यान्न सुरक्षा बारे सोच्नु पर्ने बेला हो । नकी उमेद्वार दर्ता ,विश्वास अविश्वास पत्र , सरकार गिराउने, पार्टी दलको आपसी अपनत्व ।
सदभावनाको नाली बेली पकडेर चल्नु पर्यो नत्र भनें त्यो काल थियाे, जुन कालमा बम बारुद चल्ने गर्थे र सरकारकाे पतन निश्चय हुन्थ्यो । तर हाल काेभिडले आफ्नै पारामा त्यो काल अपनाउन सक्छ
‘अहिलेसम्म राजनीतिक पार्टी र संगठनहरुलाई सत्ता हत्याउन सिकाउने धेरै सिद्धान्तका ठेलीहरु बनेछन् । तर, सत्ता हासिल गरिसकेपछि देश कसरी बनाउने भन्ने सिद्दान्त चैं सायद प्रतिपादन हुन बाँकी रहेछ । यही नै समस्याको जड हो ।’ जसलाई विषयान्तर गराउन जरुरी छ।










