कविता : नेपालगंजीया

गंजिया नेपाल


‘कलाभद्र’ शिशिर

कविता : नेपालगंजीया

के छ बे! हल्ली चल्ली तेराे?
कस्ताे छ बे! नेपालगंज मेराे?
एकाबिहानै काेरियाबाट
मेराे बाल्यकालकाे साथी नरायण
फाेनैमा कड्किहाल्याे, साेधिहाल्याे।
जवाफमा मैले यत्ति भनिदिएँ
मेराे हाल त बबाल छ बे!
तर तेराे नेपालगंज बेहाल छ।

मान्छेहरुकाे भीडमा काेलाहलमा
अन्तिम लडाईं लड्दै छ बे!
तेराे नेपालगंज,
नितान्त एक्लै तँ बिना
नेपालगंजियाकाे साथ बिना
तँ जन्मिस् बढिस् हुर्किस् यहीं
ताताे लू मै माेजाकाे बल खेलिस्
अनि साेचिस् यै माटाेमा केही गर्छु भनी
तर अफसाेस,

आज तेरै माटाेले तँलाई चिनेन
लखेटि छाड्याे काेरिया तँलाई
हरिया त कतारमा छ रे!
बाँकि बचेखुचे दाेस्त सबै दुबई छिरे!

बहुत गरम छ रे वहाँ पनि
याद गर्दै थिए यहाँकाे ठण्डा पानी
पहाडबाट झरेकाे मनुवा म
तेराे सुन्दर भुमि नेपालगंजमा
तेराे जन्मभुमि मधेसमा
मलाई के थाहा जँगबहादुरले
किन बसाए याे शहर
किन पसाए तँलाई यहाँ
आखिर के थियाे उस्काे रहर
मलाई के मतलब यहाँकाे ईतिहास
मलाई के प्रवाह यहाँकाे भबिष्य ।

मलाई त बस् यत्ति थाह छ
कि यहाँ व्यापार अथाह छ
बार्डर रुपैडिया बिल्कुल पास छ
राजनिति गर्न याे ठाउँ झक्कास् छ
तब त नेपालगंज सबसे खास छ
जातिय दंगा चले चलाेस्
पहाडि मधेसि पंगा रहे रहाेस्
राेडमा आगाे बलाेस् कि निभास्
मलाई केही फरक पर्ने वाला छैन
बरु फेरियाेस् सदरलाईन
त्रिभुवन चाैक र एकलैनि गल्ली
धम्बाेजी हाेस् कि बि.पी चाैक
रातभरि हाेस् हल्ली खल्ली
अँह म बाहिर निस्कने वाला छैन
किनकी याे शहर मेराे हैन
मलाई टाँगा घाेडा मन पर्दैन
मलाई नेपालगंजिया हुनुछैन
याे अाधुनिक शहरकाे जमानामा
तेराे त्याे थाेत्राे नेपालगंज
अनि तँ जस्ताे झुत्रे नेपालगंजियाकाे
हुलिया चिन्नै गाह्राे भाे बे!


यहाँ सब दिक्कतमा छन् रे
आफ्नाे पहिचान नै गुमाउँदै छन् बे!
माता बागेश्वरी पनि चुपचाप
हेर्दै बसेकी छिन् बे तमाशा
बाँकी रहेन क्यै आशा-भराेशा
बरु शहरमा जहर मिलाेस्
चुपचाप म हेरि बसुला
तँलाई नै पर्खि बसुला

तँ ज्यादा बकबक नगर बे!
सवाल ज्यादा नसाेध बे!
नत्र फेरि तेरै लवजमा
तँलाई नै भनिदिउँला
नेपालगंजिया पाराले
तँ जल्दि आ बे!
ज्यादा परेशान न हाे बे!
बस् फ्नाे काममा ध्यान दे!

(सापकोटा पेशाले प्रोफेसर हुन भने साहित्यमा पनि उत्तिकै सक्रिय रहने गर्छन् )

प्रतिक्रिया