काठमाडौं :
![सेन्टी भाइरस’ को अमेरिका राइट्स सबैभन्दा महँगोमा बिक्री [भिडियो सहित ]](https://i2.wp.com/nagariksamaj.com/wp-content/uploads/2020/02/senti-virus-usa.jpg?resize=1280%2C720&ssl=1)
धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को अमेरिकामा प्रदर्शन मिति तय
चलचित्र ‘सेन्टी भाइरस’ अमेरिकाको विभिन्न सहरमा प्रदर्शन हुदै
अमेरिकामा यही फेब्रुअरी २५ बाट चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउने ३ कम्पनी मिलेर किने फिल्म ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स
अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स किनेका छन ।
सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख रायन रेज को भनाइ अनुसार यो फिल्मको अमेरिकी बिदेश राइट्स अहिलेसम्मकै भन्दा बढि हो फुजन इन्टरनेसनल,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सका क्रमस सरद युवराज सिंह ,अर्जुन सुबेदी र अर्जुन जंग कुँवरका भनाइम ‘जनस्तर निर्माण भैरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’निर्माण अभियानका लागि बनेको धुर्मुस सुन्तलीको चलचित्र ” सेन्टी भाइरस ” संग जोडिन पाउदा हामीले आफुलाई अत्यन्तै भाग्यमानी ठानेको उनिहरुले बताए ।
२ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सहनिर्माता फूर्पा लामा हुन् ।
कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रको फनफनी बोलको गीत र ट्रेलर लाइ दर्शकले रुचाएका छन् ।
चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।









