हात्तिपाइलेको औषधि खान अनुरोध गर्दै जानकी प्रमुख पुगे टोलमा

नेपालगन्ज :

हात्तिपाइलेको औषधि खान अनुरोध गर्दै जानकी प्रमुख पुगे टोलमा

जानकी गाउँपालिकाका प्रमुख राम निवास यादव शनिबार बिहान ६ बजे देखि नै गाउँपालिकाको टोलटोलमा दैडिरहेका थिए ।

हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने राष्ट्रिय अभियानको पहिलो दिन शनिबार जानकी गाउँपालिकाको वडा नम्बर एक साइगाउँमा पुगेर उनले पहिलो औषधि खाएर पालिका अन्तरगत हात्तिपाइले रोग बिरुद्धको राष्ट्रिय अभियानको सुरुवात गरे ।

वडा नम्बर एक देखि ६ सम्मका विभिन्न टोलमा पुगेर आफैले स्थानिय भाषामा जनप्रतिनिधि तथा भेला भएका स्थानियलाई सम्झाउदै र चेतावनी दिदै औषधि खान भन्दै थिए ।

सरकारले आफ्नो जनतालाई रोग बाट बचाउनको लागी यो अभियान संचालन गरेको छ त्यसैले यो अभियानलाई सफल बनाउन गाउँपालिका कडा रुपमा प्रस्तुत अध्यक्ष हुने यादवले बताएका छन् । साथै यादवले औषधि खादा कुनै समस्या उत्पन्न भए गाउँपालिका जिम्मेवार रहने समेत जिकिर गर्नुभएको छ ।

गाउँपालिका प्रमुखले यस अघि नै हात्तिपाइले बिरुद्धको राष्ट्रिय अभियानमा औषधि नखाने पालिकाबासिको रेकर्ड राखिने र उनिहरुलाई गाउँपालिकाले प्रदान गर्ने सेवासुबिधा बाट बन्चित गर्ने जिकिर गरि सकेका थिए ।

जानकी गाउँपालिका वडा नम्बर एकमा प्रमुख यादव संगै वडा अध्यक्ष मोहमद रजा राइ लगायतले औषधि खाएर राष्ट्रिय अभियानको जानकी गाउँपालिकामा सुरुवात गरेका छन् ।

एकका वडा अध्यक्ष मोहमद रजा राइले गाउँबासिलाई प्रेरित गर्न आफुले गाउँबासिको अगाडी पहिले औषधि खाएको बताएका छन् ।

त्यस्तै जानकी गाउँपालिकाका उपप्रमुख भुमिसरा धितालले वडा नम्बर दुईमा र जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले वडा नम्बर तिनमा औषधि खाएर अभियानको सुरुवात गरेका थिए ।

वडा नम्बर एकबाट सुरु गरिएको अभियान वडा नम्बर ६ को पिप्रहवा चोकमा पुगेर समापन गरिएको थियो ।

अभियानको क्रममा जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने कार्यक्रममा सबै गाउँपालिकाबासीले सहयोग गर्न समेत आव्हान गर्नुभएको थियो

प्रमुख रानाले गाउँ पालिकाका प्रत्यक वडाको घरदैलोमा औषधि खुवाउन स्वास्थ्यकर्मी पुग्ने बताउनुभएको छ ।

हात्तिपाइलेको औषधि खान अनुरोध गर्दै जानकी प्रमुख पुगे टोलमा
हात्तिपाइलेको औषधि खान अनुरोध गर्दै जानकी प्रमुख पुगे टोलमा
हात्तिपाइलेको औषधि खान अनुरोध गर्दै जानकी प्रमुख पुगे टोलमा
हात्तिपाइलेको औषधि खान अनुरोध गर्दै जानकी प्रमुख पुगे टोलमा

प्रतिक्रिया