नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई सहयोग

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई सहयोग प्रदान गरिएको छ ।

सुन्दर नेपाल संस्था र नेपाल बिकास समाजको सहयोगमा ६० जना सरसफाइ कर्मचारीलाई प्रतिब्यक्ती २५ किलो चामल, ८ किलो दाल,टोपी,मास्क,ग्लोब्स,प्रिसेट,जुत्ता सहयोग गरिएको हो ।

कोभीड रोकथाम र नियन्त्रणमा अग्र भागमा खटिएका सरसफाइकर्मिलाई सहयोग गरिएको हो । दोश्रो चरणमा अन्य सरसफाइकर्मिलाई पनि सहयोग गरिने छ ।

नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ इन्जिनियर प्रकाश डिसी, मेयर डाक्टर धवल शमशेर राणाका स्वकीय सचीव बिरेन्द्र रावत लगायतले सहयोग हस्तान्तरण गर्नुभयो । 

प्रतिक्रिया