जनताको पुर्व विद्यार्थीहरुको पुनर्मिलन

नेपालगन्ज : खजुराको जनता माध्यामिक विद्यालय सन्तकुटीको २०३९ सालमा एसएलसी दिएका पुर्व बिधार्थीहरुले दोस्रो पुनर्मिलन कार्यक्रम गरेका छन् ।

शनिबार खजुरा मिनिपार्कमा सम्पन्न भएको जनता माध्यामिक विद्यालय सन्तकुटीको २०३९ सालमा एसएलसी दिएका बिधार्थीहरुले पुनर्मिलन कार्यक्रमले टंकनाथ दाहाल अध्यक्षतामा २३ सदस्यीय समिती समेत गठन गरेको छ ।

समितिको सचिवमा राजकुमार सापकोटा र कोषाध्यक्षमा रुद्र बहादुर रानाभाट तथा अन्य २३ जना सदस्य रहेका समिती गठन गरेको जनता माध्यमिक बिद्यालयका पुर्व विद्यार्थी ऋषि कुमार पोखरेलले बताउनुभएको छ ।

शनिबार सम्पन्न पुनर्मिलन भेलाले आगामी दिनमा जनता स्कुलका सम्पुर्ण पुर्व विद्यार्थीहरुलाई जोड्ने योजना तय गरेको समेत पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया