समाजबादी विद्यार्थी युनियनद्धारा क्याम्पसमा सरसफाइ

कपिलवस्तु :

समाजबादी विद्यार्थी युनियनद्धारा क्याम्पसमा सरसफाइ

कपिलवस्तु जिल्लाको धरोहरका रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थीद्धारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी विद्यार्थी युनियनको अयोजना र समुदाय प्रहरी साझेदारीको सहयोगमा कपिलवस्तु बहुमुखी क्याम्पस सरसफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रमको उद्देश्य क्याम्पसलाई सफा , सुन्दर र हारयाली बनाउनको लागि कार्यक्रम गरिएको समाजवादी विद्यँथी युनियनका जिल्ला अध्यक्ष मोहित मिश्राले बताउनु भयो ।

क्यम्पसमा सरसफाईको अवस्था न्यून रहेकोले यस्तो कार्य गरेको मिश्राले बताएका छन । उनले भने हामी देखाई दिएका छौ । अब क्याम्पसले सबै हामीलाई नै प्रयोग गरेर निरन्तरता दिएको भए राम्रो हुने बताएका छन ।

कार्यक्रममा बोल्दै समाजवादी बिद्यार्थीका प्रदेश अध्यक्ष ओम प्रकाश यादवले विद्यार्थी र शिक्षक को सम्बन्ध राम्रो अनि क्याम्पसलाई सुन्दर बनाउने को लागि हामी सबै को क्याम्पस भएकाले सबै जना मिलेर अगाडि बढाउनको लागि आ–आफ्नो ठाउँबाट काम गर्नु पर्ने बताएका छन ।

क्याम्पस भित्र रहेका फोहार मैलालाई व्यावस्थापनमा क्याम्पसले चासो दिनु पर्ने बताएका छन । सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुख डा. विनय कुमार पाण्डेय , समाजवादी विद्यार्थीका प्रदेश अध्यक्ष प्रकाश यादव , जिल्ला अध्यक्ष मोहित मिश्रा , विद्यार्थी नेता विजय यादव , चन्द्र कुमार शर्मा ,जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब निरिक्षाक होम बहादुर पुन , २० जना प्रहरी , शिक्षक , कर्मचारी , विद्यार्थीहरुको उपस्थिति रहेको थियो । जस्को जानकारी पत्रकार धिरज कोरी ले दिएका छन्।

प्रतिक्रिया