नेपालगन्ज :

१४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’ मा एक्सन स्टार नायक बिराज भट्ट र मिस नेपाल समेत रहेकी नायिका निकिता चाण्डक नेपालगन्ज आउने भएका छन् ।
गत माघ २४ गते शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र ‘साङ्लो’ यतिबेला देशभरको चलचित्र हलहरुमा प्रदर्शन भैरहेको छ ।
बाघ नायकको उपमा पाएका बिराज भट्टले नै निर्माण तथा निर्देशन गरेको चलचित्र साङ्लोलाई दर्शकले अत्याधिक मन पराएका छन् ।
चलचित्रलाई दर्शकले मीठो साथ दिए संगै दर्शकलाई धन्यवाद भन्दै दर्शक संगै बसेर चलचित्र हेर्नकै लागी नायक बिराज तथा निकिता देश दौडामा रहेका छन् ।
सोही क्रममा राजधानी पश्चात् मोफसलका हलहरु बुटवल, चितवन ,पोखरा हुँदै बिराज र निकिता नेपालगन्ज आउन लागेका हुन् ।









