बैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको समयको १५ प्रतिशत छुट विद्यार्थीले पाउने

नेपालगन्ज : कोरोना महामारीको समयमा बैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको समयको १५ प्रतिशत छुट विद्यार्थीले पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)  ले  २०७८ भाद्र ९ गते गोरखा पत्रमा वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको  १५% छुट दिने सुचना  प्रकाशित गरेको थियो, सोही अनुरुप बाकेका टेक्निकल कलेजका विद्यार्थीले सो छुट प्राप्त गर्ने भएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले छुट दिन भने पनि बाँकेका कलेजहरुले ३,४ महिना बितिसक्दा पनि छुट नपाए पछि विद्यार्थीहरुले गत १५ गते बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

शुल्क छुटको बिषयलाई लिएर नेपालगञ्जका CTEVT अन्तर्गतका सम्पूर्ण टेक्निकल कलेजका विद्यार्थीहरुले मंसिर १४ गतेबाट सबै कलेजहरुमा विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए।

आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी सहित सबै कलेजका सञ्चालक , प्रिन्सिपल र बिद्यार्थी प्रतिनिधिको उपस्थितिमा १५ प्रतिशत  छुटको बिषयमा बार्ता भएको थियो। 

बार्तामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)  ले  २०७८ भाद्र ९ गते गोरखापत्रमा प्रकाशित वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको  १५% छुट दिने भनिएको हुँदा सो छुट प्रदान गर्ने सहमति भएको नेपालगञ्ज टेक्निकल कलेजका विद्यार्थी प्रतिनिधि नर प्रसाद जैसीले जानकारी बताएका छन् ।

प्रतिक्रिया