सलमान खानलाई अदालतमा उपस्थित हुने आदेश

एजेन्सी :

सलमान खानलाई अदालतमा उपस्थित हुनुपर्ने आदेश salaman khan

हरिण शिकारको मामिलामा जोधपुर जिल्ला अदालतले सलमान खानलाई मार्च सातमा हाजिर हुन भनेको छ ।
बिहीवार अदालतले सलमान खानको याचिकामा सुनुवाइ गर्दै सलमान खानलाई मार्च सातमा हाजिर हुन आदेश दिएको हो ।

सलमान खानको तर्फबाट सीजेएम ग्रामीण जोधपुर अदालतको आदेश को बिरुद्ध याचिका दायर गरेका थिए । ग्रामीण जोधपुर अदालतले सलमान खानको ५ बर्षको जेल सजाय सुनाएको थियो ।

त्यस्तै , सलमान खानले पेश गरेको स्थाई हाजिरी माफी को विषयमा पनि सुनुवाइ हुनुपर्नेमा राजकीय अधिवक्ता लादाराम विश्नोई ले प्रार्थना पत्रमा जवाब दिनको लागी समय मागे , जोधपुर जिल्ला सेशन न्यायाधीश चंद्र कुमार सोनगराले आरोपी कहाँ छन् ? जो लगभग २ बर्ष देखी अदालतमा उपस्थिति भएका छैनन् ? यो प्रश्नमा सलमान खानको अधिवक्ता हस्तीमल सारस्वतले भनेका छन् – जतिबेला न्यायलयले सलमान खानलाई अदालतमा उपस्थिति हुनुपर्ने आदेश हुन्छ , त्यसदिन सलमान अदालतमा हाजिर हुनेछन् ।

यहै सिलसिलामा न्यायालयले मार्च सातमा अगली सलमान खानको अदालतमा उपस्थित हुनुपर्ने आदेश दिएको छ ।

प्रतिक्रिया