नेपालगन्ज : नेपालगन्ज भुजइगाउँमा रहेको केयर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा फागुन ७ गते शनिबार निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।
केयर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा बालरोग विशेषज्ञ डा. बिष्णु कुमार थापा तथा फिजिसियन डा. रन्जित पाण्डेद्वारा शनिबार एक दिने निशुल्क स्वास्थ चेकजाँच हुने भएको हो ।
अस्पतालले अग्रिम बुकिङको लागि सम्पर्क नम्बर गर्न सकिने समेत जनाएको छ । जसको लागी ९८६६९४८८४१ तथा ९८०२५११०५७ मा फोन गरि आफ्नो नाम टिमाउन सकिने अस्पताल प्रशासनले जनाएको छ ।
साथै निशुल्क स्वास्थ्य परिक्षण संगै औसधि, भिडियो एक्सरे, ल्याब जाँच तथा एक्सरेमा १० प्रतिशत छुटको समेत ब्यवस्था गरेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनले निशुल्क स्वास्थ्य परिक्षणको दिनमा बालरोग विशेषज्ञद्वारा गरिने उपचारमा बालबालिकामा देखिने चिड्चिडापन, रक्तअल्पता, थाइराइड, मानसिक सुस्ति, छारेरोग, मुटुको समस्या, ग्रोथपेन, निमोनिया, बाथरोग, युटिआइ तथा अन्य समस्याहरु संगै फिजिसियनद्वारा गरिने उपचारमा सुगर, प्रेसर, थाइराइड, छाति सम्बन्धि रोग, पेट सम्बन्धि रोग, अल्सर, मुटु सम्बन्धि रोगहरु रहेका छन् ।
साथै अस्पताल प्रशासनले सुचना जारी गर्दै निशुल्क स्वास्थ्य परिक्षणको फाइदा लिन सबैमा अनुरोध समेत गरेको छ ।











