शिशिर सापकोटा :

गाेराे छाला कालाे हाेला, नेपालगंजकाे घामैले
घर जान ढिलाे हाेला, सदरलाईनकाे जामैले।
रिक्सा चढि घरबारी टाेल, जाँदाखेरि बिहानीमा
पुजा गर्न ढिलाे हाेला, बागेश्वरि मन्दिरकाे लामैले।
न्यूराेडकाे शाेरुममा, महँगाे सपिङ्ग गर्दाखेरि
बैंक जान ढिलाे हाेला, सुर्खेत राेडकाे कामैले।
पानीपुरी-चाट त्रिभुवन चाेककाे, टन्न खाँदाखेरि
घरकाे दालभात फालिएला, गाली गर्लिन अामैले।
बि.पी चाेकमा चियागफ, सेलाउन नपाउँदै
झुक्याउला पश्चिम नेपालकाे, बेईमानी यामैले।।










