११ गोल गर्दै आयोजक शिवालय युवा क्लब विजयी

बैजनाथ :

११ गोल गर्दै आयोजक शिवालय युवा क्लब विजयी

बाँके जिल्ला बैजनाथ गाउँपालिका ५ जि गाउँमा आइतबार भएको पहिलो चरणको खेलमा आयोजक शिवालय युवा क्लब र गुराँस युवा क्लब पेडारि ११-१ गोल अन्तरले शिवालय बिजय भएको छ ।

११ गोलमध्ये कमल थापाले ५ गोल गरेका थिए भने प्रकाश क्षेत्रीले १ गोल ,हरिश सुनार १ गोल, प्रदिप योगि १ गोल ,दिनेश थारु १ गोल ,पवन बस्नेत १ गोल, अनुप जि एमले १ गोल गरि कुल ११ गोल गरेका हुन् ।

दोश्रो खेलमा अन्नपूर्ण युवा क्लब एच गाउँ र सि एफ सि युवा क्लब चिसापानी बिच भएको खेलमा १-० ले अन्नपूर्ण युवा क्लब बिजय भएको छ । त्यसैगरी बैजनाथ युवा क्लब पेडारि र श्री प्रभात नमुना बिद्यालय जि गाउँ बिच भएको खेलमा ३-१ ले बैजनाथ युवा क्लब बिजय भएको आयोजकका सचिबालय सदस्य सुवास जि एमले जानकारी दिनुभयो ।

सोमबार हुने पहिलो चरनको खेलमा शिवालय युवा क्लब बि र न्यु जर्नी युवा क्लब लालपुर को बिहान ८ बजे खेलहुने छ भने दिउँसो १:०० बजे हुने खेलमा भगवती युवा क्लब हसनापुर र न्यु बुद्ध शान्ती युवा क्लब पहाडीपुर बिचहुनेभएको छ त्यसैगरि दिउँसो ४:०० बजे हुने खेलमा एभरगृन युवा क्लब इमिलीटाेल र चमेली एकता ग्रुप बनखेत बिच खेल सम्पन्न हुने भएको छ ।

११ गोल गर्दै आयोजक शिवालय युवा क्लब विजयी
५ गोल प्रहार गर्ने कमल थापा

प्रतिक्रिया