नेपालगन्ज :

पछिल्लो समयमा बिदेशिएका युवाहरुको कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । राम प्रसाद आचार्यको शब्द संगीत रहेको गितमा गायक प्रमोद डिजीको स्वर रहेको छ ।
घरपरिवार सँग बस्ने रहर हुँदाहुँदै पनि बिदेशिए पछि त्यहाँ हुने अप्ठ्यारोको बारेमा तयार गितको भिडियोमा संचारकर्मी राजेश बिसी,अमर शाही र मोनिका खड्काको अभिनय रहेको छ ।
नेपालकै बिभिन्न स्थानमा छायाकंन गरिएको यस गीतको म्युजिक भिडियो निर्देशन अमर शाही र आर के सागरले गरेका हुन । भिडियोको छायाकंन तथा सम्पादन दिनेश वलिले गरेका छन । माया प्रेमका साथ साथै बिदेशिएका युवाहरुको मनमा रहेका पिडाहरुको थारै भाग गीतको मर्ममा दर्शिएको छ ।









